विदेश
काठमाडौं । म्यानमारको सेनाले नेशनल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित केही नेतालाई नियन्त्रणमा लिएको छ । बीबीसीले जनाएअनुसार उनीहरुलाई निवासबाटै त्यहाँको सेनाले नियन्त्रणमा लिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जननिर्वाचित सांसदहरुलाई पनि नियन्त्रणमा लिइएको छ ।
नेताहरुलाई नियन्त्रणमा लिएपछि म्यानमारका सडकमा सैनिकहरुले गस्ती बढाएका छन् । गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको नेतृत्वमा रहेको पार्टीले बहुमत ल्याएको थियो । तर सेनाले भने उक्त चुनावमा धाँधली भएको बताएँदै संसद् बैठक नराख्न भनेको थियो । सोमबार अर्थात आज त्यहाँको संसद् बैठक बस्ने कार्यसूची रहेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७ ०७:४८
प्रतिक्रिया दिनुहोस्