site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कतारविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि बन्द प्रशिक्षणमा बोलाइए १८ खेलाडी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार कतारसँगको तीन खेलको सिरिजका लागि बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ । कतारविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

क्यानले बोलाएको टिममा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी परेका छैनन् । नेपालले फेब्रुअरी १ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

बन्द प्रशिक्षणका लागि अलराउन्डर विवेक यादव पहिलोपटक टिमको प्रशिक्षणमा परेका छन् । यस्तै कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आसिफ सेखले टिममा पुनरागमन गरेका छन् ।

नेपाल र कतारबीचको बाइल्याट्रल टी-ट्वान्टी सिरिजअन्तर्गतको खेल फ्रेबुअरी ९, १० र १२ मा हुनेछ ।

Global Ime bank

बन्द प्रशिक्षणमा परेका खेलाडीहरु :
विनोद भण्डारी, सन्दीप जोरा, आसिफ सेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी, शाहब आलम ।
No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  २०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC