site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘चिकित्सा विज्ञानलाई विश्वास गरेरै खोप लगाएँ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार बिहानैदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी हुँदै थियो । अस्पतालका कर्मचारीहरुले खोप लगाउनेहरुको नामावली तयार पारेका थिए ।

बिहान ९ बजे अस्पताल पुग्दा स्वास्थ्यकर्मी र त्यहाँका कर्मचारीहरु खोप लगाउनेको सूची हेर्दै थिए । उक्त नामावलीको एक नम्वरमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको नाम थियो । उनी खोप लगाउने कक्षबाहिर व्यवस्थापनमा सघाउँदै थिए ।

डा. काफ्लेले करिब सवा १० मा खोप कार्डमा आफ्नो विवरण भरे र खोपकक्षमा प्रवेश गरे । खोपकक्षमा तयारीको काम चल्दै थियो । करिब १० बजेर २५ मिनेटमा उनले खोप लगाए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीहरु लामो समयदेखि कोरोनाको खोपको पर्खाइमा थियौँ । अब त खोप पनि आएको छ,” उनले भने, “मैले खोप लगाए । अरु सबैलाई खोप लगाउन अनुरोध गर्दछु ।”

उनले यो खोप विगत १० वर्षदेखि भएको वैज्ञानिक खोजको उपज भएको बताए । योभन्दा पहिलेका महामारीमा यति छिटो खोप नआएको उनले जानकारी दिए । आफू चिकित्सा विज्ञानमा विश्वास गर्ने बताउँदै उनले भने, “चिकित्सा विज्ञानलाई विश्वास गरेर खोप लगाएको हुँ ।”

Global Ime bank

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीहरु गरेर करिब दुई हजारजना कार्यरत् छन् । त्यसमध्ये १२ सयले खोप लगाउनको लागि आफ्नो नामावली बुझाएका छन् । खोप अभियान सुरु भएको दिन ३०० जनाले खोप लगाउने र भोलिबाट दैनिक ४०० का दरले खोप लगाइने डा. काफ्लेले जानकारी दिए ।

शिक्षण अस्पतालमा त्यहाँका विभिन्न विभागसहित कान्ति बाल अस्पताल, चिरायु अस्पताल, निसान अस्पताल, ताकेश्वर नगरपालिकाभित्रका स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई खोप दिइने जनाइएको छ ।

“कतिपय स्वास्थ्यकर्मीहरुले सामाजिक सञ्जालमा आएका नकारात्मक समाचारको कारण खोप नलगाउने पनि सोच बनाएको सुनिएको छ,” अपुष्ट समाचारको भर नपर्न आग्रह गर्दै उनले भने, “मेरो विश्वास छ, सबैजनाले खोप लगाउएर महामारीविरुद्धको अभियानलाई सहयोग गर्नुहुनेछ ।”

‘कोभिसिल्ड’ खोप अन्य खोपको तुलनामा यहाँको वातावरणअनुकूल रहेको उनको भनाइ छ । वैज्ञानिकहरुले सबै चरणहरु पूरा गरेको कारण डराउनुनपर्ने उनले उल्लेख गरे । कोरोनाविरुद्धको खोपको खोजी पनि तीव्र रुपमा भएकोले सोचेभन्दा छिटो खोपको विकास भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement