site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् विघटनविरुद्ध कडारुपमा आउला अथवा अदालतको फैसला पर्खिएला ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पुस ७ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज नि बस्दै छ । पुस ७ मा सुरु भएर १० गते आन्दोलनमा जाने निर्णयपछि स्थगित भएको बैठक १३ गते संघीय प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन सकेर पुसा १९ मा बसेको थियो । पुस १९मा प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तीन चरणका आन्दोलन घोषणा गरेर स्थगित केन्द्रीय समिति बैठक आज बस्न लागेको हो । 

१९ गते २७ गतेका लागि डाकिएको केन्द्रीय समिति सभापति शेरवहादुर देउवाले स्थगित गरेर माघ ६ गतेका लागि डाकेका थिए । माघ ५ गते वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सभापति देउवाले पुनः बैठक स्थगित गरी आजका लागि डाकेका हुन् । दिउँसो १ बजेका लागि डाकिएको बैठकका एजेण्डा भने पुरानै भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेर आन्दोलन सुरु गरेको कांग्रेस आन्दोलनमा नेताहरुका भाषणाका क्रममा दुई धारमा देखिएको छ । सभापति शेरवहादुर देउवा र उनको गुट प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचनमा जाने पक्षमा उभिदै अदालतको फैसलापछि ओलीले तोकेकै मितिमा निर्वाचन गराउनुपर्ने पक्षमा उभिएको छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेल र उनको गुट भने प्रतिनिधिसभा विघटन नै असंवैधानिक भएपछि निर्वाचन घोषणा पनि असंवैधानिकभन्दै उक्त कदम सच्याउन खरो रुपमा उभिनु पर्ने अडानमा छ । त्यही कारण कांग्रेसमा सर्वसम्मत निर्णय कार्यान्वयन गर्ने विषयमा मतभेद देखिएको छ । 

Global Ime bank

सभापति देउवाले सर्वोच्चको आदेश मान्ने घोषणा गरे पनि कार्यकर्तालाई निर्वाचनका लागि तयार रहनुस् भन्दै भाषण गरेपछि संविधान अनुसार फैसला आउँछ भनेर अदालतमाथि उनको विश्वास नभएको टिप्पणी भएको छ । देउवा निवासमै प्रजातान्त्रिक विचर समाजले गरेको कार्यक्रममा समेत यही विषयमा सभापति देउवा र पौडेलबीच भनाभन भएको थियो । त्यस यता सभापति देउवा र पौडेलबीच वाकयुद्ध चल्दै आएको छ । दुइजनाबीचको दुईधार अन्त्य गरेर कांग्रेसलाई एक ढिक्का बनाउन यही ५ माघमा पौडेल निवास बोहोराटार पुगेका देउवा थप असहमतिका विषय लिएर फर्किएका थिए । 

सभापति देउवाले प्रदेश १ र वाग्मती प्रदेश सभामा मुख्यमन्त्री विरुद्ध परेका अविश्वास प्रस्तावमा प्रदेश संसदीय दललाई नै निर्णय गर्न दिउँ भन्ने प्रस्ताव राखेपछि पौडेल थप असन्तुष्ट भएका थिए । उनले दुबै प्रदेशमा देउवा निकट संसदीय दलका नेता भएका कारण ओली समूहसँगै सहकार्य गर्न सक्ने भन्दै नीतिगत निर्णय केन्द्रबाट हुनुपर्ने भन्दै पौडेलले प्रस्ताव अस्वीकार गरेका थिए । त्यस विषयमा कांग्रेस अहिलेसम्म निर्णयमा पुग्न सकेको छैन । 

यस्तै पौडेल समूहले सोमबार भेला गरी केन्द्रीय स्तरमै शक्ति प्रदर्शन हुनेगरी प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शन गर्नुपर्ने बताएका छन् । पौडेल समूहले केन्द्रीय समिति बैठकले माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउने निर्णय गरे पनि अझै जिल्लाबाट क्रिलयाशील सदस्यताको विवरण नआएको भन्दै ताकेता गर्ने र बाँकी महाधिवेशन कार्यतालिका बजनाएर नियमित रुपमा अघि बढ्नुपर्ने प्रस्ताव राख्ने तयारी गरेको छ । 

देउवा समूहले भने सर्वोच्च अदालतको आदेश पर्खने र आदेशले प्रधानमन्त्रीको कदम सदर गरे महाधिवेशन छोडेर निर्वाचनको तयारी थाल्ने प्रतिनिधिसभा पुनस्थापित भए महाधिवेशनको तयारी थाल्ने रणनीति बनाएको छ । 
  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC