site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘निर्वाचन आयोग अनुचित दबाबमा पर्‍यो’
Sarbottam CementSarbottam Cement

काठमाडौँ । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले निर्वाचन आयोग अनुचित दबाबमा परेको महसुस भएको बताएका छन् । बहुमत समूहले विवरण अद्यावधिक गर्न दिएको निवेदन आयोगले अस्वीकार गरेपछि र संशोधन गर्न नमानेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले अब छिट्टै यसबारे निर्णय गरेर आयोगलाई पत्र लेख्ने वा कानुनी उपचारको बाटो खोज्ने बताएका छन् । “हामीले पहिलेदेखि भन्दै आएको महाधिवेशन नभएसम्म ४४१ सदस्यीय केन्द्रीय कमिटी नै वैध हो भन्नेलाई निर्वाचन आयोगले स्वीकार गर्‍यो । तर, निर्वाचनमा दुवैको विवरण अद्यावधिक गर्न मानेन । निर्वाचन आयोगले यति ढिला गरेर यही कुरा गर्नुपर्ने आवश्यकता नै थिएन । ४४१ सदस्यीय केन्द्रीय कमिटी मानिसकेपछि बहुमत मान्न भने अस्वीकार गरेको छ । जहाँ बहुमत छ, उसैले गरेको निर्णय मान्नुपर्ने हो । त्यो निर्णय नगरेकाले निर्वाचन आयोग अनुचित दबाबमा परेको महसुस भएको छ,” उनले बाह्रखरीसँग भने ।

Prabhu Bank
Agni Group
NIC Asia

पोखरेलले निर्वाचन आयोगलाई निर्णय गर्न राजनीतिक दलसम्बन्धी ऐन भएकाले निर्णय गर्न सकिनँ भन्ने सुविधा नभएको बताएका छन् । विवाद भइसकेपछि आयोगले ऐनका दफाअनुसार आधिकारिकता निरूपण र विवरण अद्यावधिक गर्नुपर्ने उनको ठम्याइ छ ।

पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले पनि निर्वाचनले ४४१ सदस्यीय कमिटी स्वीकार गर्ने, त्यसले गरेको निर्णय नमान्ने कुरा अनौठो भएको बताउँछन् । “राजनीतिक दलसम्बन्धी नियमावलीको दफा २५ (४) अन्तर्गत सात दिनको म्याद दिएर पत्र काटेको थियो । त्यसको जवाफ दियौँ । अहिले त्यही पत्रलाई नै निरन्तरता दिँदै म गर्न सक्दिनँ भनेको छ,” उनले भने, “निर्विवाद कुरा के छ भने प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको बहुमत केन्द्रीय कमिटीले गरेको निर्णयलाई आयोगले खण्डन गर्न मिल्दैन । निर्वाचन आयोगले अद्यावधिक गर्नुपर्ने कानुनी दायित्व हो, त्यसबाट पन्छिइरहेको छ ।”

Global Ime bank

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार आयोग अघि बढ्नुपर्ने उनको बुझाइ छ । संविधान–ऐनले तोकेको कामबाहेक अरू आयोगले हेर्न  नमिल्ने बताउँदै कसले पत्र काट्यो, कहाँ बैठक बस्योजस्ता प्राविधिक विषयमा आयोग अल्झिएको उनी बताउँछन् ।

“कसले बैठक बोलायो, कहाँ बैठक बस्यो आयोगले हेर्ने होइन । संसारकै नियम बहुमतले पार्टी, शासनसत्ता सञ्चालन गर्ने हो । संसार बहुमतमा चलेको छ, आयोगले त्यो अस्वीकार गर्ने कुरा आउँदैन । बहुमतले गरेको निर्णय भनेपछि सकिइहाल्यो नि । हाम्रो विधि, स्थापित अभ्यास नै हो । पार्टीको काममा निर्वाचन आयोग पस्ने होइन । कानुन र संविधानको पालनामात्रै गर्ने हो,” प्रधानको तर्क छ ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC