अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।
तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९०० मा सोमबार कारबार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा रु पाँच घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोबार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ । रासस
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७ ११:१९
प्रतिक्रिया दिनुहोस्