site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड–नेपालको अपिल–ओलीको कदमविरुद्ध एकजुट होऔँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्तरूपमा अपिल निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरूद्ध एकजुट हुन अपिल गरेका छन् । 

प्रधानमन्त्री यतिबेला के ठिक र के बेठिक छुट्याउन नसकिरेहको र उनले प्रतिनिधिसभालाई अचेत बनाएको भन्दै उनको कदमविरुद्ध आन्दोलित हुनुको विकल्प नरहेको बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“प्रधानमन्त्रीले न्यायपालिकालाई आफ्नो निर्णयको पक्षमा फैसला गर्न दबाब एवम् धम्की दिइरहेका छन् । यस्तो अवस्थामा राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिडाउन र संविधान जोगाउन प्रतिनिधिसभा पुनस्र्थापना गर्नु बाहेक अर्को विकल्प देखिँदैन । संविधानले पनि विघटन हुनसक्ने कुनै आधार दिएको देखिँदैन । तसर्थ सर्वोच्च अदालतलाई प्रधानमन्त्री एवम् उनका आसेपासेहरुको दबाब र धम्कीबाट मुक्त हुने वातावरण निर्माण गर्नका लागि पनि सम्पूर्ण चेतनशील नागरिकहरु संघर्षको मैदानमा विरोधको तुमुल ध्वनीका साथ उपस्थित हुनु अनिवार्य भएको छ,” उनीहरूले अपिल गरेका छन् । 

यतिबेला नागरिक समाज र आम जनताबाट नेकपाको पनि केही आलोचना भइरहेको स्वीकार गर्दै लोकतन्त्रमा नागरिकहरुले दल र दलका नेताहरुको आलोचना गर्नु स्वभाविक मात्र हैन आवश्यक पनि भएको तथ्य राखेका छन् । 

Global Ime bank

“त्यस्तो आलोचना तथ्यमा आधारित, बस्तुनिष्ठ र सन्तुलित हुनुपर्छ र यस्तो आलोचनाको स्वागत गर्नुपर्दछ । हामी राजनीतिक दलका नेताहरुले पनि विगतका हाम्रा गल्तीहरुलाई केलाउनु पर्ने र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नु पर्ने आवश्यकता छ । यो आवश्यकताप्रति हाम्रो गम्भीर ध्यान गएको छ । हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरुप्रति सजग हुँदै भविष्यमा फेरि त्यस्ता कमी–कमजोरी नदोहोरिउन् भन्ने कुरामा हामी सचेत छौं । यतिवेला आफ्ना अरु सबै कुरालाई थाती राखेर प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सामेल हुन हामी सम्पूर्ण जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, मतदाता, कार्यकर्ता, शुभेच्छुक र समर्थक साथीहरुलाई हार्दिक आह्वान गर्छौँ,” अपिलको अन्त्यमा भनिएको छ ।

यस्तो छ अपिल


NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC