site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शास्त्रीय संगीत गुरु उस्ताद गुलाम मुस्तफा खानको निधन
Sarbottam CementSarbottam Cement

मुम्बई । दिग्गज शास्त्रीय संगीत गुरु उस्ताद गुलाम मुस्तफा खानको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको आइतबार दिउँसोको १२.४७ बजे निधनको भएको बुहारी नम्रता गुप्ताले पुष्टि गरेकी हुन् ।

शास्त्रीय संगीतकार खानलाई सन् २०१९ मा ब्रेन स्ट्रोक भएको थियो, त्यसबेलादेखि उनी चिकित्सकको रेखदेखमा थिए । उनका लागि मुम्बईको कार्टर रोडस्थित उनकै घरमा आईसीयूको व्यवस्था गरिएको थियो । ब्रेन स्ट्रोक भएदेखि नै उनको आधा शरीर पक्षाघात भएको थियो भने उनी बोल्न पनि नसक्ने भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

शास्त्रीय संगीतका गुरु उस्ताद गुलाम मुस्तफा खानलाई सन् १९९१ मा पद्मश्री (१९९१), पद्म भूषण (२००६) र २०१८ मा पद्म विभूषण अर्वाडबाट सम्मानित गरिएको थियो । साथै सन् २००३ मा उनलाई संगीत नाटक एकेडेमी पुरस्कारबाट पनि सम्मानित गरिएको थियो । 

भारतकी चर्चित र दिग्गज गायिका लता मंगेशकरले ट्‌विट गर्दै खानबाट केही समय आफूले पनि संगीत सिकेको जानकारी दिएकी छिन् । उनले श्रद्धाञ्जली अर्पण गर्दै लेख्छिन्, “महान् शास्त्रीय गायक उस्ताद गुलाम मुस्तफा खान साहब अब यो संसारमा हुनुहुन्न भन्ने दुखद खबर भर्खरै पाएँ । यो सुनेर मलाई असाध्यै दु:ख लाग्यो । उनी गायक त राम्रो हुनुहुन्थ्यो नै व्यक्ति पनि निकै राम्रो हुनुहुन्थ्यो ।”

Global Ime bank

साथै लताले दोस्रो ट्‌विटमा लेखिन्, “मेरी भान्जीले पनि खान साहबबाट संगीत सिकेकी थिइन । मैले पनि उनीसँग थोरै भए पनि संगीत सिकेको थिएँ । उनको निधनले संगीतको ठूलो हानि भएको छ । म उनीप्रति विनम्र श्रद्धाञ्जली अर्पण गर्दछु ।” यसका साथै दिग्गज सरोद उस्ताद अमजद अली खानले पनि समवेदना व्यक्त गरेका छन् ।
-बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement