site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेफिल्ड युनाइटेडमाथि टोटेनहमको जित  
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपाधि दावेदार टोटेनहमले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले सेफिल्ड युनाइटेडमाथि ३–१ गोल अन्तरको जित निकाल्न सफल भएको हो । 

सेल्फिडको घरेलु मैदानमा भएको खेलमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन, सर्ज अउरियर र टान्गुए एनडोम्बेलेले एक एक गोल गरे । उता सेफिल्डका डेभिड म्याकगोल्डरिकले एक गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको पाँचौ मिनेटमा सर्जले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा केनले गोल गर्दा टोटेनहमको अग्रता दोब्बर पारे । 

५९ औं मिनेटमा सेफिल्डका डेभिडले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । ६२ औं मिनेटमा एनडोम्बेलेले गोल गर्दै टोटेनहमलाई ३–१ को जित दिलाए ।

Global Ime bank

जितसँगै टोटेनहम लिगको चौथो स्थानमा उक्लिएको छ । टोटेनहमले १८ खेलमा ३३ अंक जोडेको छ । सेफिल्ड ५ अंक जोडेर पुछारमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC