काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा कला प्रदर्शनी गरिएको छ । मंगलबार नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा कलाकारहरुले फरकस्वरुपमा प्रदर्शन गरेका हुन् ।
नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिनिधिसभा विघटनको विरुद्धमा कविता, सडकनाटक, चित्र प्रदर्शनीलगायत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागीले ‘कानुनमाथि को रैछन् ? केपी ओली पो रैछन् !’ ‘जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्’, प्रतिनिध्सिभा पुनर्गठन, सर्वोच्चले गर सम्बोधन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको निरन्तर शृंखलाअन्तर्गत् कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
बृहत् नागरिक आन्दोलनले बालुवाटार घेराउ गर्ने
तस्बिरहरुः हरिशजंग क्षेत्री/बाह्रखरी ।