site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बृहत् नागरिक आन्दोलनले बालुवाटार घेराउ गर्ने

काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्रीनिवास बालुवाटार घेराउ गर्ने भएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा मंगलबार आयोजित प्रतिगमनविरोधी कला प्रदर्शनसहितको सभामा आन्दोलनका अगुवा नारायण वाग्लेले बालुवाटार घेर्ने घोषणा गरेका हुन् ।

नागरिक अगुवाहरुको अगुवाइमा बालुवाटार घेराउ गर्ने वाग्लेले बताए । तर, घेराउ कहिले गर्ने भन्नेबारे छिटै जानकारी गराउने उनले बताए ।

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुले पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कार्य असंवैधानिक र प्रतिगमन भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । 

०६२/६३ को जनआन्दोलनका नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले ०६२/६३ को नागरिक आन्दोलनबाट बचेको २० हजार ५६ रुपैयाँ नागरिक आन्दोलनका लागि नासोका रुपमा उपलब्ध गराएको पनि वाग्लेले जानकारी दिए । डबलीमा आयोजित सभामा बोल्ने वक्ताहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक र प्रतिगामी कदम भन्दै चर्को विरोध गरेका थिए ।

तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro