बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
महाकालीमा नेपालको जानकारीबिनै भारतद्वारा बाँध निर्माण
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, पुस २२, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । दार्चुलास्थित महाकाली नदीमा भारतले नेपाललाई जानकारी नै नदिएर एकपक्षीय रुपमा बाँध निर्माण गर्न थालेको छ । दार्चुलाको महाकाली नगरपालिका ५, गल्फैरभौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर भारतले एकपक्षीय रुपमा बाँध निर्माण थालेको हो ।

सो क्षेत्रमा नेपाली भूमिसमेत पर्ने दार्चुलावासीले दाबी गर्दै आएका छन् । ०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको भूभाग नदीपारि परेको नेपाली भूभागमा भारतीय पक्षले तटबन्ध निर्माण अघि बढाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

Agani Group

उनले भने, “भारतले एकतर्फी बाँध निर्माण गरेको देखेपछि मैले केन्द्र सरकारलाई जानकारी गराएको छु । यसबाहेक पुस २ गते धारचुलास्थित भारतीय प्रशासनलाई बाँध निर्माण रोक्न पत्राचार गरेको थिएँ । भारतीय पक्षबाट त्यसको जवाफ आएन ।”

सीमा क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा दुई देशको आपसी सहमति जरुरी हुन्छ । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार आफूले पत्र पठाएपछि भारतीय पक्षले काम रोक्नुको साटो झन तीव्र पारेको थियो ।

sarbottam cement

एकतर्फी तटबन्ध निर्माण कार्य जारी रहेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई कूटनीतिक पत्रसमेत पठाइएको बताइएको छ । ०७० सालमा बाढी आउँदा महाकाली नदीले धार परिर्वतन गरेको थियो । धार परिवर्तन हुँदा जमिन कटान भएर नेपालतर्फको जमीन महाकालीमा विलिन भएको थियो ।

फाइल तस्बिर ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, पुस २२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्