site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
उपत्यकामा ज्यानमारा धुँवा
Dabur Nepal
NIC Asia

आकाश धुम्म हुनेबित्तिकै अस्ति सोमवार काठमाडौं संसारका प्रदूषित ५० सहरमा पनि सबैभन्दा अगाडि पुग्यो । धन्न थोरै भए पनि पानी परेकाले मंगलवारबाट प्रदूषणको मात्रा घट्यो र बुधवार घाम लागेकाले प्रदूषण अझै केही कम हुने अपेक्षा गरिएको छ । तैपनि अहिले काठमाडौंको प्रदूषणमा मात्रा मानव स्वास्थ्यका लागि हानिकारक नै छ । यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सकेसम्म घरबाहिर ननिस्कन र बालबालिका तथा बूढापाकाको स्वास्थ्यको विशेष ख्याल राख्न उपत्यकावासी नागरिकहरूलाई अनुरोध गरेको हुनुपर्छ । सास फेर्ने हावा नै बिखालु भएपछि मानिसलगायत सबै प्राणीको जीवन संकटमा पर्छ । विशेषगरी प्रदूषित वायुले मानिसको फोक्सो र मुटुमा प्रत्यक्ष र तत्कालै असर गर्ने जोखिम विज्ञहरूले औंल्याएका छन् । अर्थात्, जनस्वास्थ्यमा पर्ने प्रदूषणको परिणाम राष्ट्रका लागि निकै महँगो हुन्छ ।

एकातिर वायु प्रदूषणले अति खतरनाक चिह्न पार गरिसकेको छ भने अर्कातिर कोभिड(१९ को संक्रमणको अर्को लहर सुरू हुने जोखिम पनि छँँदैछ । यसको अर्थ के हुन्छ भने यस पटकको वायु प्रदूषणलार्इ बेवास्ता गर्नु दोब्बर जोखिम निम्त्याउनु हो । प्रदूषणको मात्रा हिउँद याममा यसै पनि बढ्ने गर्छ । नेपालका सबै ठूला सहरमा वायु प्रदूषणको मात्रा जनस्वास्थ्यका लागि हानिकारक स्तरमा छ । त्यसमा पनि भूबनोट, जनसंख्या, सवारी साधनको संख्या आदिका कारण काठमाडौं उपत्यकामा वायु प्रदूषण बढी नै हुनेगर्छ ।  साथै, तरार्इ र उत्तरी भारतबाट समेत उपत्यकाको वायु प्रदूषण बढ्छ । यसैले उपत्यकाको वायु प्रदूषण सजिलै नियन्त्रण पनि हुँदैन । तैपनि, वायु प्रदूषणको हानिकारक असरका तुलनामा यसप्रति राज्यले देखाएको हेलचेक्य्राइँ भने दुःखद विडम्बना हो ।

वायु प्रदूषणका कारण हुने मानवीय तथा अन्य क्षतिमा ध्यान दिने हो भने सरकारले प्रदूषण नियन्त्रणलाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने थियो । हुनत, प्रदूषण नियन्त्रणका लागि नीतिहरू बनेका पनि छन् । परन्तु, कार्यान्वयनमा भने सरकार कहिल्यै गम्भीर भएन । यसैले दशकौं हुँदा पनि काठमाडौं र अरू सहरको प्रदूषण घटाउन सकिएन बरू बर्सेनि बढ्दै गएको देखिएको छ । प्रदूषण विशेषगरी वायु प्रदूषणको मापन र सूचना प्रणालीमा जति प्रगति यसको नियन्त्रणमा हुनसकेन । यो घातक प्रदूषण नियन्त्रण नहुनुमा सरकारी हेलचेक्य्राइँ जत्ति नागरिकहरूको व्यवहार पनि दोषी देखिएको छ । सरकारलार वायु प्रदूषण नियन्त्रणका लागि दबाब दिन राजनीतिक नेताहरू चुकेका छन् भने स्वच्छ सहर नारामा सीमित भयो । सरकारले वायु प्रदूषणको मूल कारक मानिने सवारी साधनले फाल्ने धुवाँजन्य प्रदूषण नियन्त्रणका मापदण्डहरू अध्यावधिक गर्नुका साथै विद्यमान प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । नागरिकहरूले पनि कम्तीमा हिउँद याममा निजी सवारी कम चलाए। प्रदूषण घटाउन सहयोग गर्नुपर्छ । फोहोर व्यवस्थापन गर्दा जलाउन छाडेमात्र पनि वायु प्रदूषण नियन्त्रण गर्न मद्दत हुनेछ । यसैले स्थानीय तहलगायत सबै सरकारी निकायका साथै सचेत नागरिकहरूले वायु प्रदूषण नियन्त्रणका लागि तत्काल अभियान चलाउनु पर्ने देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro