राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको तीन दलले संयुक्तरुपमा प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन् । नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुको अनौपचारिकरुपमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । “ओलीको कदम असंवैधानिक हो,” छलफलमा सहभागी कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भने, “यसको प्रतिवाद गर्नुपर्छ भन्ने निष्कर्ष रहेको छ । हामीले साझा कार्यक्रम बनाएर प्रतिवाद गर्नेछौं ।”
त्यसका लागि आ आफ्नो पार्टीभित्र पनि छलफल गर्ने निष्कर्ष तीन दलको रहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १९:३०
प्रतिक्रिया दिनुहोस्