काठमाडौं । नेपाल बार एशोशिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले संविधानले पाँचवर्ष अवधि नपुगी संसद विघटन गर्न संविधानअनुसार निमल्ने तर्क गरेका छन् । रिपोर्टस क्लबमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, “संविधानको धारा ८५ (१) मा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुनेछ भनिएको छ । पाँच वर्ष अघि संविधान बिघटन गर्न मिल्दैन ।”
प्रधानमन्त्री ओलीबाट संविधानलाई मिचिएको भन्दै लोकतन्त्र र गणतन्त्रमाथि नै खतरा बढेको बताए । संसद बिघटनका लागि संविधानको धारा ७६ (७) ले विभिन्न चार विकल्प राखेको र त्यो नभएपछि मात्र संसद बिघटन गर्न सकिने व्यवस्था गरिएको उल्लेख गरे । ती विकल्पमा प्रधानमन्त्री ओली पदमा रहँदाको अवस्था नपर्ने उनको तर्क थियो ।