site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नयाँ रुपान्तरित कोरोनाभाइरसबारे बुझ्दै डब्लूएचओ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नयाँ रुपान्तरित कोरोनाभाइरसको उत्पत्तिबारे बुझ्न बेलायतसँग निकट सम्पर्कमा रहेको जनाएको छ । यसअघि, बेलायती अधिकारीहरुले नयाँ रुपान्तरित भाइरसबारे बताएका थिए ।

नयाँ रुपान्तरित भाइरस सुरुआती भाइरसभन्दा धेरै तीव्रगतिमा फैलन सक्ने बताइएको छ । तर, त्योभन्दा खतरनाकचाहिँ नभएको विश्वास गरिएको छ ।

लन्डनसहित दक्षिणपूर्वी इंग्ल्यान्डले अहिले तीव्ररुपमा फैलिरहेको संक्रमण नियन्त्रण गर्न पहिलेभन्दा कडास्तरका नियमहरु जारी गराएको छ । यो नयाँ रुपान्तरित भाइरसले खोपविरुद्ध फरक प्रतिक्रिया जनाउन सक्नेसम्बन्धी कुनै प्रमाण छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

यही नयाँ भाइरसको खबरपश्चात् नेदरल्यान्ड्सले आइतबारदेखि बेलायतबाट आउने यात्रीवाहक विमानमाथि प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध अहिलेका लागि जनवरी १ सम्म लागु हुने डच सरकारले जानकारी दिएको छ ।

नेदरल्यान्ड्समा अघिल्लो महिना एक संक्रमितको नमुना परीक्षण गराउँदा बेलायतमा फेला परेको त्यही रुपान्तरित भाइरस भेटिएपछि नै सरकारले यस्तो निर्णय लिएको बताइएको छ ।

Global Ime bank

बेलायतबाट यससम्बन्धी थप स्पष्टीकरणको अपेक्षा गरिरहेको भन्दै नेदरल्यान्ड्सले यो नयाँ भाइरसलाई नेदरल्यान्ड्समा सकेसम्म फैलन नदिन प्रयत्नरत् रहको बताएको हो ।

यसका साथै डच सरकारले यसबाट उत्पन्न जोखिमलाई सीमित गराउन आफूले आगामी दिनहरुमा युरोपेली युनियनका अरु मुलुकहरुसँग सक्दो सहकार्य गर्ने पनि जनाएको छ ।

नयाँ रुपान्तरित भाइरसका बारेमा अहिलेसम्म के थाहा छ ?
यससम्बन्धी आफूहरु बेलायती अधिकारीसँग नजिकको सम्पर्कमा रहेको डब्लूएचओले ट्वीट गर्दै जानकारी दिएको हो ।

डब्लूएचओका अनुसार बेलायतले यो नयाँ भाइरसबारे हाल जारी अध्ययन–अनुसन्धानबाट प्राप्त सबै जानकारीहरु प्रदान गरिरहेको छ । डब्लूएचओले यसका विशेषता र प्रभावबारे अझ धेरै कुरा थाहा भएपछि सदस्य राष्ट्रहरुमाझ सार्वजनिक गर्ने बताएको छ ।

यससम्बन्धी अनिश्चितता कायमै भए पनि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पुरानो भाइरसको तुलनामा नयाँ रुपान्तरित भाइरस ७० प्रतिशत बढी संक्रामक रहेको हुन सक्ने बताएका हुन् ।

तर, यसले मृत्युदर बढाउने या हालका उपचार र खोपले यसमाथि काम नगर्नेजस्ता कुराको चाहिँ कुनै प्रमाण नभएको बेलायती अधिकारीहरुको भनाइ छ ।

इंग्ल्यान्डका प्रमुख मेडिकल अधिकारी प्रोफेसर क्रिस ह्वीटी भन्छन्, “मेरो विचारमा यसले अवस्था धेरै खराब बनाउनेछ । तर, अहिले खोप सर्वत्र प्रयोमा आउन लागेको हुँदा हामी सकारात्मक पनि छौँ । अहिलेका लागि खोपले यसप्रति पनि उत्तिकै प्रभावकारीरुपमा काम गर्ने भन्ने हाम्रो बुझाइ छ ।” बीबीसीबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC