site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश कानुनविपरीत : चन्द्रकान्त ज्ञवाली
Sarbottam CementSarbottam Cement

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश कानुनविपरीत रहेको प्रतिक्रिया दिएका छन् । 

विधायिकाको मनसायअनुसार संसद्‌ले बनाएको कानुन हुँदा-हुँदै त्यसमा उल्लेखित व्यवस्थाले बाधा पुर्‍याएको पुष्टिविनै अध्यादेश ल्याउनु विधिको शासनविपरीत भएको उनले दाबी गरे । उनले भने, “संसद्‌ले पारित गरेको ऐन छ । त्यो ऐन त विशेष ऐन हो नि । विशेष ऐनलाई नै रिप्लेस हुनेगरी अध्यादेशबाट ल्याउँदा विधिको शासनअनुसार हुन सक्दैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले ऐनले पुर्‍याएको बाधा पुस्ट्याईं नभई अध्यादेश ल्याउन नमिल्ने तर्क पनि गरे । उनले बहुमत सदस्यले निर्णय गर्न सक्ने व्यवस्था गरिनुले अन्य अंगका प्रमुखलाई बाइपास गर्ने र विधायिकाको मनसायविपरीत भएकाले सरकारको निर्णय न्यायिक पुनरावलोकनको घेराभित्र परेको बताए ।

उनले भने, “परिषद्‌मा सबै अंगका प्रमुख भएपछि संवैधानिक अंगमा आएका मान्छेहरु विशेष ज्ञान भएका र दक्ष जनशक्ति आऊन् भन्ने नै हो । बहुमतले निर्णय गर्न सक्ने भनेपछि अन्य अंगका प्रमुखलाई बाइपास गर्न सक्ने अवस्था हुने भो । यो निर्णय न्यायिक पुनरावलोकनको घेराभित्र पर्छ ।”

Global Ime bank

उनले अध्यादेश जारी गर्नेबित्तिकै परिषद्को बैठक बोलाउने विषय पनि ऐनविपरीत रहेको प्रतिक्रिया दिए । बैठक बस्‍नु ४८ घण्टाअगावै सबै सदस्यलाई बैठकको मिति, स्थान र समय जानकारी दिनुपर्ने ऐनमा भएको व्यवस्थाको उल्लंघन भएको उनको तर्क थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC