काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर डर्बी बराबरीमा सकिएको छ । शनिबार राति भएको म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकिएको हो ।
म्यान्चेस्टरको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । बराबरी खेलेसँगै सिटीले अंक तालिकाको शीर्ष चारमा पुग्ने मौका गुमाएको छ ।
लिगमा ११ खेल खेलेको युनाइटेड २० अंकसहित तालिकाको सातौं स्थानमा छ । १९ अंक रहेको सिटी तालिकाको आठौं स्थानमा छ ।
दुबै टोलीले पछिल्ला दुई खेलमा सहज जित हात पारेका थिए । प्रिमियर लिगको उपाधि दावेदार मानिएका दुबै टोलीले बराबरी खेल्नु परेको हो ।
शनिबार नै भएको अर्काे खेलमा एस्टोन भिल्लाले उल्भ्समाथि जित निकालेको छ । त्यस्तै घरेलु मैदानमा न्युक्यासलले वेस्ट ब्रोनमाथि २–१ गोलको जित निकाल्न सफल भएको हो ।