site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘सानो मान्छे बोल्यो भन्लान्, तर धेरै नराम्रो भयो’
Sarbottam CementSarbottam Cement

पोखरा । बुल्दी खोलाको मोटरेवल पुल अहिले चर्चामा छ । मोटरेवल पुलले आवतजावतमा परेको समस्या समाधान गर्ने हो । प्रयोग गर्ने सबैले हो । आवतजावतको समस्या समाधान गर्न बनाइएको त्यही पुलले भने बुधबार तनहुँ तनावग्रस्त बन्यो । उपभोक्ता समितिमार्फत बनाइएको त्यो पुलको उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भन्नेमा समितिमा सबै सदस्य सहमत थिए ।

सोही अनुसार कार्यक्रम तय भयो, बुधबार दिनको १ बजे उद्घाटन गर्ने कार्यक्रम राखियो । व्यास नगरपालिकाको वडा नं. १, १० र ११ जोड्ने त्यो पुलको उद्घाटन हुनुपूर्व बिहीबार तनहुँ सदरमुकाम दमौलीमा नेपाल कम्युनिष्ट पार्टीको युवा संगठनले र्याली र प्रदर्शन गर्यो । पुल उद्घाटन गर्न नहुने भन्दै नेकपाले उक्त प्रदर्शन गरेपछि स्थिती झन तनावग्रस्त बन्ने र झडप हुने सम्भावना औँल्याउँदै तनहुँ प्रशासनले १२ बजे साँझ ६ बजेसम्म लागु हुनेगरि निषेधाज्ञा जारी गर्यो ।

स्थानीय प्रशासनको निषेधाज्ञा जारी भएपछि वरिष्ठ नेता पौडेलले आक्रोशित हुँदै भने, “पञ्चायतको मण्डलेतन्त्र फेरि फर्केर आएको देखिन्छ । पुल उद्घाटन गर्दा कुन शान्ति भंग हुन्छ, कुन विकास रोकिन्छ, कुन जनतलाई पीडा हुन्छ ? कुन देशलाई नोक्सान हुन्छ ? हामी पुलको उद्घाटन गर्छौैँ । यो सबै झुटा हो, तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु भनेजस्तो हो । यो सबै नाटक रचिएको हो । केही मान्छेलाई मोटरसाइकल कुदाउन लगाएर प्रशासनले बेइमानी गर्दैछ । झुटमुठको विज्ञप्ति मान्दिन म । यो फट्याईँ हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

तर, उनी कार्यक्रमस्थल पुग्न पाएनन् । तालघरे भन्ने स्थानबाट प्रहरीले उनलाई नियन्त्रणमा लियो र साँझमात्रै रिहाई गर्यो । पुल उद्घाटन हुन पाएन । पौडेल पक्राउको सर्वत्र विरोध भयो । बुधबार विकसित घटनाक्रम पछि बिहीबार कांग्रेस तथा त्यसका भातृसंघहरुले देशैभर प्रदर्शन गरे । प्रवक्ता विश्वप्रकाश शर्माले तनहुँमा पुल उद्घाटन हुने र अरु जिल्लामा विरोध प्रदर्शन हुने जानकारी दिए ।

बुधबारको घटनापछि तनहुँ कांग्रेसका सबै तहका नेता, गण्डकी प्रदेश संसदीय दलका नेतासमेत तनहुँमा पुगे । सयौँ कार्यकर्ताको उपस्थितीमा पौडेलले पुलको उद्घाटन गरे ।

Global Ime bank

रामचन्द्र पौडेल जाने, पुल उद्घाटन गर्ने, पूर्वाधार विकास कार्यालयका इञ्जिनियरले पुलको लगत इस्टिमेटबारे जानकारी दिने बुधबारको कार्यतालिका थियो । तर, पुलको उद्घाटन कसले भन्ने बारेमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएपछि बिहीबार कांग्रेसले पुल उद्घाटन मात्रै गरेन, २०७४ सालको चुनावपछि नै धेरै नेता एकै मञ्चमा उभिएर सरकारको रवैयाको विरोध गरे ।

बुधबार र बिहीबार यी उपक्रमसँगै बुल्दी खोलाको मोटरेवल पुलको औपचारिक उद्घाटन भयो, कार्यक्रम सकियो ।

० ० ०
घर अगाडि नै खोला छ, पारी जान खोलामै पस्नुपर्छ । वर्षातमा पानी पर्यो कि वारीको मान्छे पारी जान सक्दैन, पारीको मान्छे आउन सक्दैन । बुल्दी खोलाको स्थिती यस्तो थियो । यसलाई सानो भनेर हेप्न हुँदैन, मादीपछिको ठूलो खोला यही हो ।

वडा नं. १०, बुल्दी खोलाकै नजिकै घर भएका प्रकाश बगालेले तरकारी खेती लगाउन र बजारमा पुर्याउन थालेको ३० वर्ष भयो । त्यहाँ लगाएको तरकारी उनले दमौलीमा लगेर बिक्री गर्छन् । तर, खोलामा पुल थिएन ।

त्यो खोलामा पुल नहुँदाको अवस्थाबारे सोध्दा सुरुमै उनले भने, “दुःखको त कुरै नगरौँ ।” त्यही खोलाले उनको महिनौँको परिश्रम खोसेको छ । कैयौँ मृत्युको मुखबाट फुत्केका पनि छन् । दुध बिक्री नहुँदा, कृषकहरुले सडकमा पोखेर विरोध गर्छन्, तर त्यहाँका किसानको दुध खोला आफैँले क्यानसहित खोसेर बगाइदिएको छ ।

परिश्रम खोलाले बगाउँदा उनको आँखाबाट धेरैपटक आँसु बगेको छ ।

दुःखको त कुरै नगरौँ । अलिक पहिला त ठूलै मान्छेलाई पनि बगाएको हो । बच्चाबच्ची, केटाकेटी विद्यालय जानुपथ्र्यो, तर खोला तर्न सक्ने स्थिती थिएन ।

“म त किसान हुँ, ३० वर्षदेखि तरकारी खेती गरिरहेको छु । कति तरकारी आज नलगे भोलि बिग्रिने हुन्छ । घिरौँला, काउलीहरु तत्काल बजार पठाउनुपर्छ । कहिले म जान्थे, कहिले श्रीमती । म खोलाको ५० मिटर नजिक बस्ने मान्छे हुँ, मलाई कति सकस भयो । ज्यानको बाजी लगाएर खोलामा पस्यो, तरकारी खोलाले बगाइदिएको छ, उनी भन्छन् । 

खोलाको छेउमा घर भएका उनी त्यहाँ बन्ने पुलको सबै इतिहासबारे जानकार पनि छन् । “घर नजिक थियो, खोलो तर्न नसक्ने मान्छेहरु थिए, उनीहरुलाई तारिदिनुपथ्र्यो । ल न भन्दै आउँथे । कजवेबाट हिँड्दा पनि विद्यार्थीहरुलाई तारिदिनुपथ्र्यो । कति तारियो, कति तरियो लेखाजोखा छैन,” उनी सुनाउँछन् ।  

खोलामा हालिएको फड्के पुल पनि रामचन्द्र पौडेलकै पहलमा भएको उनको भनाइ छ । त्यसपछि बनेको कजवे र अहिले मोटरेवल पुलको बारेमा उनलाई थाहा छ । 

बुधबार मोटरेवल पुलको उद्घाटन हुने जानकारी उनलाई थाहा नहुने कुरै भएन । तर, बुधबार पुल उद्घाटन नभएपछि र रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको सुने ।

उनी भन्छन्, “हामी साना मान्छेको कुरा त कसले सुन्ने र ? कहीा बिगार्ने, भत्काउने बम हान्ने भएको भए सबैले विरोध गर्नु स्वभाविकै हो । राम्रो काम गर्न आउँदा, उद्घाटन गर्न आउँदा पनि यस्तो विरोध गर्ने ? प्रहरीले पनि तँछाडमछाड गर्ने, बालबालिकालाई विद्यालय नआउन भन्ने । विद्यालयबाट बालबालिका लिएर हिँडेको बसलाई रोक्ने र अर्र्कैबाटो घर जाओ भने । घरघरै विद्यार्थी छाड्ने बसलाई पनि रोके र जान दिएनन् । काखमा बच्चा लिएर हिँडेका महिलालाई पनि त्यो बाटो हिँड्न नदिएर खोलाखोलै जाने बनाउनुभयो । किनमेल गर्न हिँडेका पनि जान पाएनन् । हिजोको साह्रै खेदजनक कार्य भयो । धेरै नराम्रो भयो ।”

ईश्वर पौडेलको घर पनि खोलाको छेउमा नै छ । बुल्दी खोलाले प्रकाश बगालेको परिश्रम बगाएको जस्तै घटना ईश्वरको पनि छ । उनकी श्रीमतीलाई रातको समयमा व्यथा लाग्यो । खोलामा पुल थिएन, पुल नभएपछि गाडी आउने कुरा भएन । विकल्प थियो खोलाबाट पारीसम्म बोकेर लैजाने अनि गाडी खोजेर अस्पताल लैजाने ।

उनले डोला खोजे, मान्छे खोजे अनि काँधमा बोकेर खोला तरे । 

पुल नबनेकै कारण दुम्सीकोटका एकजनाले ज्यान गुमाएको स्मरण पनि उनीसँग छ । “दुम्सीकोटको मान्छे हुनुहुन्थ्यो । उहाँ बिरामी हुनुभयो । एम्बुलेन्स जान पाएन । त्यही खोलामा ल्याइपुर्याउँदा उहाँको ज्यान गयो । अहिले हामी एम्बुलेन्स किन्दैछौँ, मृतकका छोराले अहिले मेरो बुवाले एम्बुलेन्स नपाए पनि गाउँलेलाई सहज होस भनेर आर्थिक सहयोग पनि गर्नुभएको छ । हामी कलेज जाँदा जुत्ता लगाएर जान पाउँदैनथ्यौँ । हिँड्नुपथ्र्यो । पाइन्ट भिज्थे । धेरै जसो किसानहरु दुध बेच्न जानुहुन्थ्यो । उहाँहरुको दुध बगायो । मान्छे नै बगाएका घटना छन् । धेरै असुविधा भोगेका थियौँ,’ उनले विगत सुनाए । 
बुधबारको घटनाबारे भने उनले सत्ताले शक्तिको दुरुपयोग गरेको आफ्नो निष्कर्ष सुनाए ।  

“२०७३ सालमा रामचन्द्र पौडेल यहाँबाट प्रतिनिधित्व गर्ने सदस्य हुनुहुन्थ्यो । हामीले उहाँलाई आग्रह गरेपछि त्यतिबेलाका स्थानीय विकासमन्त्री प्रकाशमान सिंहलाई भनेर जिल्ला विकास समितिमार्फत काम भएको हो । उपभोक्ता समितिले नै निर्णय गरेको थियो । कसैको विरोध पनि थिएन । हामी उपभोक्ता समितिमा सबै दलका प्रतिनिधी हुुनुहन्छ । समितिले नै सर्वसम्मत निर्णय गरेको हो,” उनले भने । 

“सबै तयारी गरेका थियौँ । राति गएर शिलालेख उक्काउने काम भएन । हामी बिहान मञ्च बनाउन भनेर गएका थियौँ, तर त्यहाँ पुलिस तैनाथ थियो । हामी अचम्मित भयौँ । हामीलाई सूचना नै छैन । के कारणले हामीलाई रोकियो भनेर सोध्यौँ । मध्यान्ह १२ बजे हामीलाई उद्घाटन कार्यक्रम रोक्नु भन्ने पत्र आयो । १ बजे उद्घाटन गर्ने कार्यक्रम थियो । सबै उपभोक्ता आइसक्नुभएको थियो । वडा नं. १, १० र ११ का उपभोक्ता आउनुभएको थियो । कसैको केही विरोध थिएन । सबैको समर्थन थियो । तीनवटा वडामा जाने बाटो सबै कालोपत्रे भएका छन् । ती सबै रामचन्द्र पौडेलको पहलमा भएका हुन्,” उनले सुनाए ।

२०७३ वैशाखमा सम्झौता भएको पुल २०७४ कात्तिक ९ गते सम्पन्न भएको थियो । पुल २ करोड ५४ लाख रुपैयाँ लागतमा सम्झौता भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement