काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला क्रिकेट प्रतियोगिता पुस ११ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (संघ)ले पीएम क्लब पुरुष क्रिकेट काठमाडौंमा हुने बताएको छ ।
क्यानले पुस ११ बाट काठमाडौंमा सुरु गर्ने उल्लेख गर्दै जिल्ला छनोटको काम अघि बढाउन निर्देशन दिइसकेको छ । जिल्ला छनोट मंसिर २१ गते भित्र सकेर प्रादेशिक क्रिकेट संघ र केन्द्रमा जानकारी गराउन निर्देशन दिएको छ ।
जिल्ला टिम तयारीका लागि संघबाट २० हजार र एक दर्जन वल उपलब्ध गराउने बताएको छ । टिम छनोटको जिम्मेवारी जिल्ला संघलाई हुनेछ । छनोट प्रतियोगिता सञ्चालन गर्दा जिल्ला प्रशासन तथा स्थानीय तहबाट स्विकृती लिन आग्रह गरेको छ ।
क्यानले प्रधानमन्त्री कप प्रादेशिक प्रतियोगिता पुस ७ गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले सम्बन्धित प्रादेशिक क्रिकेट संघसँग समन्वयमा रहन आग्रह गरेको छ ।