site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वस्तुगततर्फको उपाध्यक्षमा अञ्‍जन श्रेष्ठ निर्वाचित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

अञ्‍जनले ६२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरे । २ मत बदर भए । अञ्‍जन वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधान प्यानलका हुन् ।

यसैगरी महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यको मत परिणाम पनि सार्वजनिक भएको छ । मत परिणमअनुसार अरनिको राजभण्डारी, आकाश अधिकारी, गोविन्द ढुंगेल, नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ,  विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । यसैगरी सुबोध कुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल निर्वाचित भएका छन् ।

वस्तुगततर्फको कुल खसेको १ सय १ मतमध्ये २ वटा मत बदर भएको छ । वस्तुगततर्फ दुवै प्यानलबाट ७/७ जना निर्वाचित भएका हुन् ।

Global Ime bank

वस्तुगततर्फका उपाध्यक्षका उमेदवार अन्जन श्रेष्ठको प्यानलबाट निर्वाचित सदस्यहरुमा अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल र सुकुन्तलाल हिराचन रहेका छन् । 

यस्तै वस्तुगततर्फकै उपाध्यक्षका उमेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट केन्द्रीय समितिमा निर्वाचित हुनेहरुमा आकाश अधिकारी, नरेशलाल श्रेष्ठ, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल रहेका छन् । 

वस्तुगततर्फका उपाध्यक्षका उमेदवार उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकाल प्यानलका हुन् भने अन्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधान प्यानलका हुन् ।
 

 

वस्तुगततर्फको नतिजा सार्वजनिक, यी हुन् विजेता !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC