site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
प्रभावकारी र सुरक्षित दाबी गरिएको खोप छोरीलाई दिइयो तर पुटिनले लगाएका छैनन् !
Sarbottam CementSarbottam Cement

एजेन्सी । राष्ट्रपति भलाद्मीर पुटिनले महिनौँ अगाडि नै, रुसमा निर्मित ‘स्पुतनीक–भी’ लाई विश्वकै पहिलो स्वीकृत कोरोनाविरुद्धको खोप भनि घोषणा गरेका थिए भने आफ्नी छोरीले समेत लगाइसकेको बताएका हुन् । तर उनी आफैँले चाहिँ यो खोप प्रयोग नगर्ने बताइएको छ ।  ६८ वर्षीय पुटिन पनि कोरोना भाइरसको उच्च जोखिमपूर्ण समुहमा पर्दछन् र रुसमा गत अक्टोबर २८ देखि नै ६० वर्ष भन्दा माथिको उमेरका स्वयमसेवकलाई खोपको ट्रायलमा संलग्न गराइएको थियो ।

तर मंगलबार क्रेम्लिनले यस सम्बन्धी स्पष्टिकरण दिँदै अन्तिम चरणको ट्रायल नसकिएसम्म पुटिनले सो खोप लगाउन नमिल्ने बताएको हो ।  जबकि यही खोपको डोज रुसका फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई भने लगाइसकिएको छ । र क्लिनिकल ट्रायल भन्दा बाहिर शिक्षकहरु अनि उच्च तहमा कार्यरत अधिकारीहरुलाई पनि यो खोप दिइएको थियो । 

क्रेम्लिनका प्रवक्ता डिमीट्री पेस्कोभले सञ्चारकर्मीहरुसँग बोल्दै भनेका हुन्, “हामीले पुटिनमा अप्रमाणित खोपको प्रयोग गर्न सक्दैनौँ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

यसमा उनले ‘स्वीकृत गरिनु’ र ‘प्रमाणित हुनु’ बीच के फरक छ भन्ने चाहिँ स्पष्ट पारेनन् । यसअघि पुटिन आफैँले खोप सुरक्षित र प्रभावकारी साबित भएकाले सार्वजानिक रुपमा प्रयोग गर्न स्वीकृत भएको भनेर सबैका सामु घोषणा गरेका थिए ।  पेस्कोभले थप भनेका हुन्, “सामूहिक रुपमा खोप दिइने प्रक्रिया अझै सुरु भइसकेको छैन र अवश्य पनि यसमा राष्ट्र प्रमुखलाई स्वयमसेवकका रुपमा सहभागी गराउन मिल्दैन, त्यो असम्भव कुरा हो ।” 

पेस्कोभका अनुसार अन्तिम ट्रायल चाँडै नै सकिनेछ जसपछि पुटिनले सबै जनतालाई आफूले खोप लगाउन जरुरी भए नभएकाबारे जानकारी दिनेछन् ।  वास्तवमा पुटिनले गत अगस्टमै रुसको खोप सार्वजनिक प्रयोगका लागि स्वीकृत भइसकेको घोषणा गरेका थिए जसबेला यसको परीक्षण केही दर्जन सहभागीमा मात्र गरिएको थियो । 

Global Ime bank

उनले भेनका थिए, “मलाई थाहा छ यसले कति प्रभावकारी रुपमा काम गर्छ भनेर, यसले वास्तवमै स्थिर इम्युनिटी निर्माण गर्न सक्छ ।”  यति मात्र नभइ परिवार सम्बन्धी प्रायः गोप्य रहने गरेका पुटिनले आफ्नी छोरीलाई खोप लगाइसकेको पनि बताएका हुन् ।  उनका अनुसार प्रत्येक डोजपछि तिनको शारीरिक तापमान बढेको थियो तर केही समयमै उनी ठीक भएकी हुन् ।  

यसरी स्पुतनिकका निर्माताहरुले यो खोप अधिक प्रभावकारी, सस्तो अनि वितरण र स्टोर गर्न सजिलो भएकाबारे नयाँ जानकारी प्रकाशित गरेकै दिन पुटिनले खोप नलगाएको खबर पनि बाहिरिएको छ । 

खोपमा काम गरिरहेको ‘गामएल्या इन्स्टिच्युट’ ले बताएअनुसार पहिलो डोजको खोप लगाएको २८ र दोस्रो डोज प्राप्त गरेको सात दिनका डाटाहरु विश्लेषण गर्दा स्पुतनिक खोप, कोरोना संक्रमणबाट जोगाउन ९१.४ प्रतिशत प्रभावकारी भएको पत्ता लागेको छ । यस परीक्षणमा १८ हजार ७९४ स्वयमसेवकहरु सहभागी भएको पनि उनीहरुले बताएका हुन् । 

उता अमेरिकाका फाइजर र मोडेर्नाले पनि ९० प्रतिशत भन्दा माथिको प्रभावकारीता दर सार्वजनिक गरिसकेका छन् । 

साथै रुसी निर्माताहरुले अन्तर्राष्ट्रिय बजारमा स्पुतनिकको मूल्य १० डलर भन्दा कम हुने जानकारी पनि दिएका छन् जुन अन्य खोपको तुलनामा धेरै सस्तो रहेको बताइएको छ । रुसी नागरिकहरका लागि चाहिँ खोप निःशुल्क गरिनेछ । यसलाई २ देखि ८ डिग्रीको तापमानमा राख्न सकिनेछ जुन बेलायतको एस्ट्राजेनेका समान हो । फाइजरलाई भने माइनस ७० डिग्रीमा स्टोर गर्न आवश्यक पर्ने हुँदा यसको वितरणमा कठिनाइ हुने अनुमान गरिएको छ । 

कोरोनाभाइरसको संक्रमण दर उच्च हुनेमा रुस विश्वकै पाचौँ देशमा पर्दछ । जहाँ गत हप्ता मात्र २० लाख बढी संक्रमित भएको खबर गरिएको थियो । यस्तोमा वर्षको अन्त्यसम्म रुसले २९ लाख डोजहरु उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । र आगामी जनवरीदेखि नै अन्तर्राष्ट्रिय आपूर्ति सुरु गर्ने जानकारी पनि दिएको हो । रुसले विदेशी उपभोक्ताका लागि २०२१ सम्ममा ५० करोड डोज उत्पादन गर्ने बताएको छ ।  – सीएनएन         
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC