site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गरिब देशहरुले कोरोना खोप पाउनेबारे गम्भीर चिन्ता 
Sarbottam CementSarbottam Cement

बीबीसी । जर्मनीकी चान्सलर एन्जेला मर्केलले कोभिड–१९ को खोप सम्बन्धी गरिब देशहरुले पहुँच पाउने कुरामा गम्भीर चिन्ता व्यक्त गरेकी छन् । अहिले भइरहेको जी–ट्वेन्टी सम्मेलनमा बोल्दै उनले सबै राष्ट्र प्रमुखहरुमा खोपको निस्पक्ष वितरण सम्बन्धी कुरा उठाएकी हुन् ।  यो विषयमा डब्लूएचओ सहित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था लागिरहेको भए पनि प्रगति एकदम सुस्त र कम देखिएकाले यो मुद्दालाई ‘ग्लोबल भ्याक्सिन अलायन्स, गाभी’ समक्ष पनि पुर्याउने उनले बताएकी हुन् । 

उनले भनेकी छन्, “हामी अब यसबारे गाभीसँग कुरा गछौँ र छिट्टै छलफल र सल्लाह गर्नेछौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

जी–ट्वेन्टी सम्मेलनमा विश्वभरका अग्रणी आर्थिक शक्तिहरु भेला हुने गरेका छन् जुन यस वर्ष साउदी अरबले आयोजना गरेको छ । महामारीका कारण योपटक भर्चुअल बैठक बस्ने निर्णय भएको हो । 

यसैबीच सबै धनी राष्ट्रहरुले गरिब र विपन्न मुलुकलाई सहायता गर्ने र कोभिडका कारण नराम्ररी क्षति पुगेकाहरुलाई पनि आर्थिक मद्दत उपलब्ध गराउने वचन दिएका हुन् । यसका लागि कति खर्च गरिने भन्नेबारे चाहिँ स्पष्ट जानकारी दिइएको छैन । 

Global Ime bank

कोरोनाको उपाचारको सबैलाई सहुलियतपूर्ण र बराबर पहुँच दिलाउने उनीहरुले बैठकको अन्त्यमा पनि एकसाथ बताएका हुन् । यसमा ‘एउटा देश पनि पछि परेमा हामी सबै पछि पर्ने’ सम्मेलनपछि साउदीका अर्थ मन्त्री मोहोम्मद अल जदानले पनि भनेका हुन् । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले चाहिँ गरिब देशहरुलाई खोपका धेरै डोज दान गर्न औद्योगिक सहकारिताको अपील गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC