site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुरेन्द्र पाण्डेविरूद्ध नाराबाजी गर्नेलाई कारबाही गरियोस् : नेता नेपाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चितवनको राप्ती नगरपालिकामा पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सुरेन्द्र पाण्डेविरूद्ध नाराबाजी गर्नेहरूलाई कारबाहीको माग गरेका छन् । चितवनको राप्ती नगर कमिटीको बैठक चलिरहँदा शनिबार पाण्डेविरूद्ध नेकपाकै कार्यकर्ताले नाराबाजी गरेका थिए ।
नेता नेपालले विज्ञप्ती जारी गरेर भर्त्सना गरेका हुन् ।

“गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेका वेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु,” नेता नेपालले भनेका छन्, “सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्नेर गराउने जो सुकै भए पनि छानबिन गरी कडा भन्दा कडा कारवाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC