site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रीद्वय भुसाल र भट्टराईको भूमिकापछि नेकपाको सङ्कट टर्दै, ओली बैठकमा उपस्थित भएर स्थगित गर्ने तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुईजना मन्त्री सक्रिय भएपछि ‘खड्गो’ टर्ने सम्भावना बढेको छ । स्रोतका अनुसार मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल तीनजना सक्रिय भएका थिए । खुमलटारमा प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग परामर्श गरे । सचिवालय सदस्यहरूसँग पनि छलफल गरे । प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा आफू नजिकमा सचिवालय र स्थायी कमिटी सदस्यहरूलाई बोलाएर कुराकानी गरे । नेपाल पनि दिनभरि नै सक्रिय रहे ।

प्रधानमन्त्री ओलीले बिहानै पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई खुमलटार पठाएर बैठक रोक्न भनेका थिए । तर, प्रचण्ड मानेनन् । बरु, ओलीले महासचिवलाई भनेर बैठक स्थगित गराए बहुमत पक्षले पार्टी मुख्यालयमा बैठक सञ्चालन गर्ने भनेपछि नेकपा ‘दुर्घटनाउन्मुख’ बनेको थियो । त्यतिबेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुक्लाबाट तलतिर झर्दै थिए । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल लुम्बिनीतिर थिए ।

दिउँसोभरिको घटनाक्रमबाट आजित भएका दुवैजना मन्त्री काठमाडौं हानिए । साँझ माधव नेपालको कोटेश्वरस्थित निवास पुगेर बुधबारको दुर्घटना टार्न सघन छलफल गरेका थिए । स्रोतका अनुसार माधव नेपाल सुरुमा राजी भएका थिएनन् । ओलीको हठ नै विवाद–विपत्तिको कारक औंल्याउँदै अब पर्खन नसक्ने बताएका थिए ।
तर, ओलीले अध्यादेश ल्याएर, असंवैधानिक कदम उठाउन सक्ने जोखिम बताएपछि दुवैजना मन्त्रीसँग नेपालले दुर्घटना टार्ने सम्भावित उपाय सोधेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

भट्टराईनिकट स्रोतले दिएका जानकारी अनुसार त्यहाँ दुवैजना मन्त्रीले ओलीलाई बैठकमा आउन मनाउने, दुई–चार दिन कुलिङ पिरियड दिनु अहिले उपयुक्त हुने र त्यसले सहज निकास दिने सुझाएका थिए । बिलखबन्दमा परेका नेता नेपालले ‘प्रधानमन्त्री बैठकमा आउन मान्नुहुन्छ त ? उहाँ त कता कता हिँड्न खोज्दै हुनुहुन्छ’ भनेपछि दुवैजना मन्त्रीले ‘हामी कुरा गर्छौं, तपाईंले यता (बहुमततर्फ) समन्वय गरिदिनुपर्‍यो’ भनेर जवाफ दिएको स्रोतको दाबी छ ।

भुसाल र भट्टराई नेपालसँग कुरा गरिरहँदा प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ थिए । प्रधानमन्त्री बालुवाटारमा चिनियाँ राजदूत होउ यान्छीलाई भेट दिँदै थिए ।

Global Ime bank

नेपालसँग छलफल सकेर पर्यटनमन्त्री निवास लागे । भुसाल सीधै पार्टी महासचिव विष्णु पौडेललाई भेट्न पुगे । पौडेललाई भेटेर प्रधानमन्त्रीलाई बैठकमा उपस्थित गराउन भूमिका खेल्न भुसालले आग्रह गरेको स्रोत बताउँछ ।

विष्णु पौडेललाई पनि प्रचण्ड र माधव नेपालले मान्नेमा द्विविधा रहेछ । ‘घनश्यामले हामी कुरा गर्छौं, उहाँहरूले मान्नुहुन्छ’ भनेपछि पौडेल उत्साहित भएको स्रोत बताउँछ । भुसालले ‘तुरुन्तै बालुवाटारमा कुरा गर्नुस्’ भनेपछि पौडेलले प्रधानमन्त्रीसँग कुरा गरे ।

त्यहीँबाट घनश्यामले प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसँग पनि कुरा गरेको स्रोतको भनाइ छ । रिमालले भुसाललाई ‘तपाईं नै आएर प्रधानमन्त्रीसँग कुरा गर्नुस्’ भनेर जवाफ दिएका थिए । प्रत्युत्तरमा भुसालले ‘मेरो र प्रधानमन्त्रीको कुरा मिल्दैन, मैले उहाँको होइन पार्टीको हितमा भनेको हुँ, भोलिको सङ्कट पन्छाऔं, संवाद गर्ने वातावरण बनाऔँ’ भनेपछि रिमाल पनि सहमत भएर ओलीसँग कुराकानी गरेको स्रोतको जिकिर छ ।

स्रोतका अनुसार बुधबार बिहान जेजे– परिदृश्य देखा परे पनि आजको बैठक बालुवाटारमै सञ्चालन हुनेछ । बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुनेछन् । उनले आफ्ना कुरा राख्नेछन् । प्रचण्डले पेश गरेको दस्तावेजमाथि आज कुनै छलफल हुने छैन । सुवास नेम्वाङले भनेझैं दुई–चारदिन ‘कुलिङ पिरियड’ मान्दै बैठक स्थगित हुनेछ ।

त्यसैका लागि एक घण्टा मन्त्रिपरिषद् बैठक धकेलिएको स्रोतको दाबी छ । मन्त्रिपरिषद्मा खास एजेन्डा नभएकाले पर्यटनमन्त्री भट्टराई झापा लागिसकेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement