site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतीय विदेश सचिव आउनेबारे परराष्ट्रलाई जानकारी छैन 
Sarbottam CementSarbottam Cement

एजेन्सी । भारतका विदेश सचिव हर्षबर्द्धन शृङ्गला मंसिर ११ गते दुईदिने भ्रमणका लागि नेपाल आउने भारतीय मिडियामा खबर आए पनि नेपालको परराष्ट्र मन्त्रालयले भने यसबारेमा औपचारिक जानकारी नभएको बताएको छ । भारतीय मिडियामा सोमबार औपचारिक वार्ताका लागि विदेश सचिव काठमाडौँ जाने भन्दै समाचार प्रकाशित भएका थिए ।

दुई देशबीचको सम्बन्धमा सुधार ल्याउने प्रयास अन्र्तगत नयाँ दिल्लीले यस्तो गर्न लागेको समाचारमा जनाइएको छ । तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै भारतीय विदेश सचिव आउने बारेमा कुनै औपचारिक जानकारी नभएको बताए ।
“त्यस्तो कुनै औपचारिक कार्यक्रम र निर्णय भएको छैन,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले पनि भारतीय मिडियामा समाचार सार्वजनिक भएपछि उनी नेपाल आउन लागेको जानकारी पाएको थियो । दुई देशबीच बैठक भए दुवैपक्षले तय गर्ने प्रचलन भए पनि अहिले त्यस्तो कुनै औपचारिक कार्यक्रम नभएको परराष्ट्र स्रोतले जानकारी गराएको छ ।

विदेश सचिव पठाउने निर्णय भारतीय सेनाका प्रमुख जनरल एमएम नरभानेको भ्रमणको केही दिनपछि नै सार्वजनिक भएको छ । यसअघि नरभानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरि नेपाल भारतबीचको लामो सम्बन्ध कायम राख्न सबै समस्याहरु वार्ता र छलफल मार्फत समाधान गर्ने निष्कर्षमा पुग्नुपर्ने बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

Global Ime bank

उनको नेपाल भ्रमणलाई भारतसँगको कूटनीतिक सम्बन्धका हिसाबले अधिक महत्वपूर्ण मानिएको थियो ।  उत्तराखण्डस्थित सिमानामा निर्माण गरिएको सडक सम्बन्धी नेपाल सरकारले विरोध जनाउँदा भारतको पक्षबाट त्यसको प्रतिक्रिया दिने उनी पहिलो भारतीय उच्च अधिकारी थिए ।
उनै नरभाने नेपालको औपचारिक भ्रमण सकेर भर्खरमात्रै फर्किएका छन् । 

नोभेम्बर २६ र २७ का दिन तय भएको भनिएको भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि वार्ता गर्ने भारतीय मिडियामा प्रकाशित समाचारमा जनाइएको छ । तर ज्ञवालीले बाह्रखरीसँग कुरा गर्दै भ्रमणका बारेमा औपचारिक जानकारी नभएको बताए ।
प्रकाशित समाचारअनुसार विदेश सचिवले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्ने तयारी छ ।

औपचारिक भेटवार्ताको कार्यक्रममा शृङ्गलाले पनि सिमाना विवादमै केन्द्रित रहेर छलफल गर्ने भारतीय मिडियामा प्रकाशित समाचारमा उल्लेख छ । यो भ्रमणलाई कोरोना भाइरसको खोप आपूर्ति सम्बन्धी भारतले नेपाललाई मद्दत गर्ने प्रतिबद्धताका हिसाबले पनि महत्वपूर्ण रुपमा पनि हेरिएको छ ।

शृङगलाको मावल ललितपुरको पाटनमा रहेकाले पनि उनले नेपाल भारतबीच सम्बन्ध सुधारमा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC