विदेश
वाशिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । हालसम्म ४४ राज्यको मतगणना सकिएको छ भने ६ वटा राज्यको मतगणना चलिरहेको छ ।
यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार पहिलो ट्विट गर्दै मतगणना रोक्ने भनेका हुन् ।
उनले अमेरिकी जनतामाथि धोका भइरहेको भन्दै मतगणना रोक्न आग्रह गरेका हुन् । तर, हालसम्म कुनै धोका अथवा मतगणनामा त्रुटी भएको भन्ने औपचारिक प्रमाण फेला परेको छैन ।
मतगणना चलिरहेको छ ।
बीबीसीका अनुसार हालसम्म डेमोक्रेटिक उमेदवार जो बाइडेनले २४३ र ट्रम्पले २१४ इलेक्टोरल कलेज मत प्राप्त गरेको छ । अमेरिकमा २७० इलेक्टोरल कलेज ल्याउने उमेदवार विजयी हुनेछ ।
STOP THE COUNT!
— Donald J. Trump (@realDonaldTrump) November 5, 2020
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७ २२:०३
प्रतिक्रिया दिनुहोस्