site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली पक्षको गोप्य जुम भेला - मदन भण्डारी फाउन्डेसन सक्रिय बनाउन ईश्वर पोखरेलको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षतिर अभिमुख हुँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गोप्य भेलाको आयोजना गर्न थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण ओली पक्षले जुम मिटिङमार्फत् आफ्ना कुरा राख्न थालेको हो ।

स्रोतका अनुसार ओली समूहले बुधबार प्रदेश नम्बर एकको कमिटी स्तरीय भेला आयोजना गरेको थियो । भेलामा १७ जना नेताहरुले पार्टीको पछिल्लो विवादबारे जिज्ञासा राखेका थिए ।

भेलामा प्रधानमन्त्री केपी शर्मा ओली र भर्खरै प्रधानमन्त्री कार्यालय हेर्नेगरी जिम्मा पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेको खुलासा भएको छ । सम्बोधनका क्रममा पोखरेलले प्रदेश नम्बर एकका सबै जिल्ला र निर्वाचन क्षेत्रमा मदन भण्डारी फाउन्डेसन सक्रिय तुल्याउन निर्देशन दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीले फेला पारेको पोखरेलको निर्देशनात्मक मन्तव्यमा उनले भनेका छन्, “मदन भण्डारीका विचारहरूको योगदानका बारेमा देशभरका कम्युनिस्ट कार्यकर्ताहरू र आम जनतालाई पनि बताउने बुझाउने काम हाम्रो कर्तव्य हो । त्यो कर्तव्यबाट किञ्चितरूपले मात्रै पनि हामी पछि पर्ने छैनौं । त्यसमा मदन भण्डारी फाउन्डेसनले अगुवाइ गरेर काम गरोस् । त्यसमा साथीहरू पनि सहभागी हुनुपर्छ । अरू साथीहरूलाई पनि यसमा ल्याउनुपर्छ । यसको मुख्य उद्देश्य अन्यथा गर्ने होइन । मदन भण्डारीका विचार के हुन् ? जनताको बहुदलीय जनवादले भन्न खोजेको कुरा के हो ? मदन भण्डारीले देशलाई पुर्‍याउनु भएको योगदान के हो ? यो कुरा हामीले बताउने छौं । यो बताउने कुरालाई कसैले पनि रोकछेक गर्न सक्दैन । यस किसिमको योजना बनाएर फाउन्डेसन अघि बढोस् ।”

पोखरेलको निर्देशन २६ गते सकिएको स्थायी कमिटी बैठकको निर्णयविपरीत हो । स्थायी कमिटी बैठकले नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूलाई नियमन गर्ने निर्णय गरेको थियो ।

Global Ime bank

“पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रष्ठिान वा संघ÷संस्थाहरू परिचालित छन् । यी मध्ये अधिकाङ्श गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानहरूलाई नियमन गर्न जरुरी छ । त्यसका लागि निम्नानुसार गर्ने :

पार्टीले यस्ता संस्थाहरूमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक स्रोत तथा क्रियाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने । त्यस्ता संस्थाहरूमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरूको संलग्नताको स्वरूप निश्चित गर्ने । सचिवालयले प्रतिष्ठानहरूको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने । तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनै पनि प्रष्ठिानहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने,” स्थायी कमिटीको बैठकपछि सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा भनिएको छ ।

पोखरेलले भेलामा जनताको बहुदलीय जनवाद नै पार्टीको विचार हुनुपर्ने धारणा राखेका थिए । नेकपा अहिले विचारमा प्रष्ट नभएको र त्यसको पूर्ति जबजले मात्रै गर्न सक्ने उनको भनाइ थियो । “विचारमा प्रष्ट भइएन भने हामी ठीक ढङ्गले अघि बढ्न सक्दैनौं । यो विचारमा स्पष्टताको कुरा गरिरहँदा हाम्रो विचार जनताको बहुदलीय जनवादबाट निर्देशित हुने हाम्रो निष्कर्ष हो, त्यसलाई कहिले नि कमजोर ढङ्गले समात्न हुँदैन । अहिलेको पार्टी एकतापछि केही समयका लागि हामीले वास्तवमा महाधिवेशनसम्मका लागि अन्तरवस्तुमा जनताको बहुदलीय जनवाद रहे पनि जनताको जनवाद बोकेका हौं । साँचो कुरा के हो भने आज हामी निर्देशित भएको विचार जनताको बहुदलीय जनवाद नै हो । त्यही कुरालाई समातेर हामी अगाढि बढ्छौं ।”

पूर्वएमालेका कतिपय नेताले भेलामा पार्टी एकता नै गलत भएको पनि निष्कर्ष निकालेका थिए । त्यसको जवाफ पनि पोखरेलले दिएका छन् । उनले देशभरिको चाहना सम्बोधन गर्न एकता गरेको बताएका थिए । “कार्यकर्ताको चाहना पनि दुईवटा कम्युनिस्ट पार्टी मिलोस् भन्ने थियो,” पोखरेलले भनेका थिए, “जनताको चाहना पनि त्यही थियो । मुलुकले राजनीतिक अस्थिरता भोग्दै आएको थियो । प्रगतिशील, वामपन्थी शक्ति एकताबद्ध भएर राजनीतिक स्थायीत्व दिने राष्ट्रिय आवश्यकता पूरा गरेका हौं ।”

 भेलामा उनले अहिले नै एकता नभत्कने पनि बताएका थिए । त्यस्तै गोप्य जुम भेलामा पोखरेलले कर्णाली प्रदेशको सन्दर्भमा त्यहाँका ओलीनिकट नेताहरूले प्रधानमन्त्री र सम्बन्धित नेताहरूसँग सरसल्लाह नै नगरेको पनि बताएका छन् ।

मन्त्रिपरिषद् हेरफेरका सन्दर्भमा पनि पोखरेलले प्रष्ट पारेका थिए । पार्टी अध्यक्ष प्रचण्डले आफूले चाहेका केही मन्त्री हटाउन नपाएपछि एकलौटी गरेको भन्ने आरोप लगाएको पनि बताएका थिए । उनले अब पुनर्गठन हुँदा दुईवर्ष अवधि पुगेका प्रायः हटाइने पनि जानकारी दिए । छिट्टै पुनर्गठन हुने उनको सङ्केत थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC