site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 पाकिस्तानको पेशावरस्थित एक विद्यालयमा आक्रमण हुँदा सातजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

पेशावर । पाकिस्तानको पेशावरस्थित एक विद्यालयमा आक्रमण हुँदा सातजनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसा मृत्यु भएकामध्ये चारजना बालबालिका रहेका छन् । पेशावरस्थित एक धार्मिक विद्यालयमा विस्फोट हुँदा थप ५० जना घाइते भएका छन् । 

अस्पतालका अधिकारीहरुका अनुसार पेशावरस्थित विद्यालयमा भएको विस्फोटमा मृत्यु हुनेमा २० देखि ३० वर्ष उमेर समूहका रहेका छन् । त्यसैगरी घाइते भएका चारजना भने १३ वर्षभन्दा कम उमेरका रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रत्यक्षदर्शीका अुनसार विस्फोटअघि एक व्यक्ति झोलासहित विद्यायलय परिसरमा प्रवेश गरेका थिए । ती व्यक्ति विद्यालयमा प्रवेश गरेको केही समयपछि विस्फोट भएको थियो । 

सार्वजनिक भएका केही तस्बिरहरुमा विद्यालयमा निकै ठूलो क्षति भएको थियो । अस्पतालका अधिकारीहरुले रोयटर्सलाई जनाए अनुसार घाइते भएका अधिकांश व्यक्तिहरु जलेको अवस्थामा रहेका छन् । 

Global Ime bank

घाइते भएकामध्ये दुईजना शिक्षकहरु रहेका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उक्त घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले उक्त घटनाको निन्दा गर्दै 'मूल्यवान जीवन गुमेकोप्रति हामीलाई पश्‍चाताप' भएको बताएका छन् ।

उक्त विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मवारी लिएका छैनन् । यस आक्रमणसम्बन्धी अनुसन्धान सुरु भइसकेको छ । पछिल्लो केही वर्षदेखि अफगान सीमा क्षेत्रमा रहेका हिंसात्मक आक्रमणहरु भएका छन् । 

६ वर्षअघि एक बन्धुकधारीले सैन्य विद्यालयमा आक्रमण गर्दा १५० जनाको मृत्यु भएको थियो । जसमा अधिकांश बालबालिका रहेका थिए । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC