site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि गरे निर्वाचनअघि नै मतदान 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि निर्वाचनअघि नै मतदान गरेका छन् । ३ नोभेम्बरमा हुने निर्वाचनका लागि मुख्य निर्णायक राज्यहरुमा चुनावी र्‍यालीमा जानुअघि राष्ट्रपति ट्रम्पले फ्लोरिडामा मतदान गरेका हुन् । 

राष्ट्रपति ट्रम्पले मतदान गर्दा मास्क लगाएका थिए । तर, पत्रकारहरुसँग कुराकानी गर्दा भने उनले मास्क निकालेका थिए । उनले मतदान गरेर बाहिरिएपछि सयौं समर्थकहरु झण्डासहित उपस्थथि भएका थिए र उनीहरुले ट्रम्पको पक्षमा नारा लगाउँदै 'थप चार वर्ष' का लागि ट्रम्पको पक्षमा मतदान गर्न अपिल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना महामारीका कारण निर्वाचनअघि नै मतदान गर्नेहरुको संख्या बढ्दै गएको छ । हालसम्म अमेरिकामा पाँच करोड ६० लाखभन्दा बढीले मतदान गरिसकेका छन् । 

राष्ट्रपति निर्वाचनको १० दिनअघि राष्ट्रपतिका दुबै उमेदवार आफ्नो चुनावी र्‍यालीमा आक्रामक रुपमा लागिरहेका छन् । 

Global Ime bank

उनले पत्रकारसँग कुराकानी गर्दै भने, "जब तपाईंले मतपेटिकामा मतदान गर्नुहुन्छ, त्यो निकै सुरक्षित र भरपर्दो हुन्छ ।" उनले यसअघि हुलाकबाट गरिने मतदानमा विश्‍वास गर्न नसकिने भन्दै विरोध गरेका थिए । 

राष्ट्रपति निर्वाचनको मतदानको औपचारिक दिन नजिकिँदै गर्दा कोरोना भाइरसको संक्रमण पनि तीव्ररुपमा वृद्धि भइरहेको छ । - अलजजिरा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC