site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 इटालीमा फेरि बढ्यो कोरोना संक्रमण, प्रतिबन्धात्मक नयाँ नियमहरु थप कडा
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नियमहरु थप कडा गरिएका छन् । मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्टेले पुनः लकडाउनको अवस्था आउन नदिनका लागि प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको बताएका छन् ।

मेयरहरुलाई आफ्नो सहरका सार्वजनिक स्थलहरु निश्‍चित समयपछि बन्द गर्ने तथा रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

इटालीमा पछिल्ला दिनहरुमा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार एकैदिन ११ हजार ७०५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसअघि शनिबार १० हजार ९२५ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको हो ।

युरोपका विभिन्‍न देशमा पनि अहिले संक्रमण पुनः बढ्न थालेको छ । इटालीमा अहिलेसम्म चार लाख १४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ र ३६ हजार पाँच सयजनाको ज्यान गएको छ ।

Global Ime bank

प्रधानमन्त्री कोन्टेले टेलिभिजनमार्फत आइतबार बेलुका गरेको सम्बोधनमा अर्थतन्त्रमा गम्भीर असर पार्ने विगतको जस्तो लकडाउन गर्नु पर्ने अवस्था नआओस् भन्नका लागि समय खेर नफाली सुरक्षाका लागि प्रतिबन्धात्मक उपायहरु अपनाउनुको विकल्प नरहेको बताए । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement