site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले रोक्यो इजरायलमा हुने बमको ढुवानी
Tiktok banner adTiktok banner ad

वासिङ्टन । इजरायलले रफाह क्षेत्रमा आक्रमण गरेपछि अमेरिकाले इजरायल जाने बमको ढुवानीलाई रोकेको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका एक उच्च अधिकारीका अनुसार खेपमा ९०७ किलोका एक हजार ८०० बम र करिब २२० किलोका एक हजार ७०० बम रहेका छन् ।

इजरायलले करिब एक लाख मानिसलाई रफाह छोड्न आग्रह गर्दै आक्रमण सुरु गरेको थियो । इजरायलले इजरायली सीमाको नजिक पूर्वी इलाकाबाट खान युनिस र अल मवासीमा जान भनेको थियो ।

अमेरिकाले रफाहमा रहेका सर्वसाधारणलाई सुरक्षित बाहिर निस्कने योजना नबनेसम्म त्यहाँ हुने आक्रमणलाई समर्थन गर्न नसकिने बताउँदै आएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने रफाहमा हमासविरुद्ध ठूलो अपरेसन नचलाएसम्म युद्धमा जीत हासिल नहुने बताउँदै आएका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro