site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कैलाली अपडेट : एक प्रहरीको शव भेटियो, अर्काको खोजी जारी

काठमाडौं । कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेका छन् । सम्पर्कविहीन भएका अर्का प्रहरीको खोजी कार्य जारी छ । 

गएराति धनगढी उपमहानगरपालिका वडा १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद ड्युटीमा निस्किएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोटरसाइकलमा गएका उनीहरुमध्ये एकजनाको शव मोहना नदीमा फेला परेको सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । शव प्रहरीकै भए पनि दुईमध्ये कसको हो भन्‍ने खुलेको छैन । सम्पर्कविहीन अर्का प्रहरीको खोजी जारी छ ।

प्रहरी अधिकारीले तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने आशंका गरेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ११:१०
प्रतिक्रिया दिनुहोस्