site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता भएको छ । उनीविरुद्ध आइतबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

नेकपाका १८ जना सांसदले आइतबार दिउँसो १ बजे मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशसभा संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख सचेतकलाई सम्बोधन गरेर दर्ता गरिएको पत्रमा उनीहरुले शाही कर्णाली प्रदेश स्थापनाको मर्मअनुसार सरकार चल्न नसकेको, व्यक्तिगत रुपमा अघि बढ्न खोजेकोलगायत आरोप लगाइएको छ ।

उनीहरुले नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम अविश्वासको प्रस्ताव दर्ता गरिएको भन्दै नियम २४ को (१, २, ३, ४) बमोजिम यथाशक्य बैठक बोलाएर मार्ग प्रसस्त गर्न आग्रह पनि गरेका छन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १४:३५
प्रतिक्रिया दिनुहोस्