अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोड-१९ (कोरोना) संक्रमण भएको छ ।
ज्ञवालीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सन्जालमार्फत जनाएका छन् । उनले भनेका छन्, "पुनर्निर्माणको काममा सक्रिय रुपमा लागिरहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड-१९ रिपोर्ट पोजेटिभ देखिएको छ ।"
उनले आफू होम आइसोलेनमा बसेको जानकारी दिएका छन् । साथै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी गराएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७ १९:१०
प्रतिक्रिया दिनुहोस्