site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 निगमको योजना–सधैँ जहाज किन्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  नेपाल वायुसेवा निगम जहाजकै कारण तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो । विगत ५ वर्षदेखि नै निगमले यी सबै जहाज एकैपटक उडाउन सकेन । त्यसैले निगमले चिनियाँ जहाज बोझ बन्दै गएको ठहर गर्दै बिक्री गर्ने निष्कर्षमा पुगेको हो । तर, हालको कोभिड १९ ले नेपालसहित विश्वव्यापी अर्थतन्त्रमा पारेको असरका कारण यी जहाज बिक्री गर्न थप कठिनाइ हुने चिन्ता निगमलाई थपिएको छ । 

निगमको सञ्‍चालक समितिले आन्तरिक उडानका लागि चिनियाँ जहाज चलाउन नसकिने निष्कर्ष निकाल्दै व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ । सरकारस्तरबाट यी जहाज ल्याइएकाले यसको व्यवस्थापन पनि सरकारको निर्देशन निगमले कुरिरहेको छ । यी जहाज बिक्री गर्न अर्थ मन्त्रालयकोसमेत स्वीकृति लिनुपर्ने छ । 

पाँच वर्षदेखि नै ती सबै विमान चलाउन धेरै प्रयास गरे पनि निगम सफल हुन सकेन । ६ वटामध्ये दुईवटा भन्दा बढी जहाज कहिल्यै उडेनन् । उडान गर्न नसकेर ग्राउन्डमै राखे पनि आर्थिक व्ययभार थपिँदै गएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले निगम यी विमान चलाउन नसक्ने निष्कर्षमा पुगेको बताए । “पाँच वर्षदेखि एक रसाथै सबै जहाज उडान हुन सकेका छैनन् । ग्राउण्डमा राख्दा पनि बिमावापत ठूलो रकम तिर्नुपर्ने छ । अब कुनै पनि तरिकाले यी विमान चलाउन सक्ने अवस्था भएन ।” 

 यी जहाज बिक्रीपछिको सेवा चीनबाट नपाएकाले पनि निगमले थप समस्या भोग्‍नुपरेको जनाएको छ । भनेको समयमा सामान नपठाउने र कुनै किसिमको पनि 'फिडब्याक' चीनले नदिँदा निगमलाई अप्ठ्यारो परेको जनाएको छ । जहाज चलाउनै नसक्ने निष्कर्षमा निगम पुगेको त छ तर, कोडिभ-१९ का कारण यी जहाज बिक्री होला त ? भन्‍ने चिन्ता पनि थपिएको छ । 

Global Ime bank

कार्यकारी अध्यक्ष घिमिरेले अहिलेको अवस्थाले धेरै पैसा नआए पनि जहाज बिक्री हुने भने विश्वास गर्छन् । “यी जहाज बेच्नुको विकल्प छैन । धेरै राम्रो पैसा नपाए पनि बिक्री त हुन्छ होला,” उनले भने । 

हालसम्म यी विमानले मात्रै २ अर्ब बढी घाटा बनाइसकेको निगमले जनाएको छ । निगमसँग वाइ १२ जहाज ४ वटा र एमए ६० जहाज २ वटा गरी ६ वटा चिनियाँ जहाज छन् । ६ वटामध्ये निगमले ४ वटा खरिद गरेको हो भने २ वटा अनुदानमा पाएको हो । निगमले हिमाली तथा पहाडी क्षेत्रका छोटो धावनमार्ग भएका विमानस्थलमा वाइ १२ र लामो धावनमार्ग भएका विमानस्थलमा एमए ६० जहाज उडाउँदै आएको थियो । यी विमान नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार ल्याइएका थिए । 

कसरी ल्याइएको थियो यी जहाज ?

२०६९ सालमा दुई सरकारबीच जहाज खरिद बिक्री तथा ऋण लगानीसम्बन्धी भएको सम्झौताका आधारमा यी जहाज ल्याइएका थिए । त्यसपछि निगमले २०७० सालमा चीनमा निर्मित जहाज खरिद गर्ने गरी व्यवसायिक सम्झौता गरेको थियो । सोही सम्झौतामा चीनले दुईवटा जहाज अनुदानमा दिने र ४ वटा विमान खरिदका लागि पनि सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने सम्झौता भएको थियो ।  

सोही सम्झौताअनुसार पहिलो जहाज २०७१ र अन्तिम जहाज २०७५ सालमा काठमाडौं ल्याइएका थिए । यी जहाज खरिद गर्न नहुने भन्दै त्यतिबेला नै विरोध पनि भएको थियो तर सरकारले नै सम्झौता गरेकाले यी विमान ल्याउन रोकिएन । काठमाडौं अवतरणपछि पनि निगमले लामो समयसम्म यी जहाज उडाउनै सकेन । 

मर्मत नै झन्झटिलो 

निगमका अनुसार यी विमानका कारण मात्रै वार्षिक ५० करोड रुपैयाँ घाटा बेहोर्नु परेको छ । निगमका लागि यी जहाज ‘सेतो हात्ती’समान भएकोले तत्काल बिक्री प्रक्रिया थाल्नु नै उपयुक्त हुने सुझाव कर्मचारीहरुले समेत दिँदै आएका छन् । यी जहाज मर्मतका लागि पार्टपुर्जा पनि चिनियाँ उत्पादकसँग नै मगाउनुपर्ने, बिमा शुल्क निकै महँगो भएकाले निगमले घाटा खानुपरेको प्रवक्ता अर्चना खड्काले बताइन् । अहिले यी विमान सञ्‍चालन गरिएको छैन । 

पाटपुर्जा समयमा नपाउनु पनि प्रमुख समस्या भएको निगमको धारणा छ । एटिआर, ट्वीनअटरजस्ता जहाजको पाटपुर्जा नेपाल र नेपालबाहिर जहाँ पनि सहजै पाइने तर यी चिनियाँ जहाजको पार्टपुर्जाका लागि चीनमा नै भर पर्नुपर्ने बाध्यता निगमलाई रह्यो । ६ वटा जहाजमध्ये ४ वटा खरिद गरिएको हो भने दुईवटा अनुदानमा चीनले दिएको हो । 

निगमले ४ वटा जहाजका लागि लिएको ऋणको किस्ता सन् २०२१ देखि तिर्न सुरु गर्नुपर्ने हुन्छ । निगमले ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग लिएको छ । निगमले सन् २०२१ देखि ऋणको साँवा र ब्याज किस्ताबन्दीमा चिनियाँ एक्जिम बैंकलाई तिर्नुपर्ने हुन्छ । निगमले किस्ता तिर्नु अघि नै यी जहाज बिक्री गर्न चाहेको हो । 
सुरुवातदेखि नै घाटामा 

यी जहाजले निगमलाई सुरुवाती समयदेखि नै सकारात्मक ऊर्जा दिएको थिएन ।  नेपाल ल्याएपछि पनि लामो समयसम्म उडाउन नसक्नु निगमका लागि त्यतिबेला नै टाउको दुखाइ भएको थियो । जहाज उडाउन नै नसक्ने भएपछि निगमले यी जहाज भाडामा दिने योजना पनि बनाएको थियो । तर निगमको उक्त योजनामा सरकारले साथ दिएन । 

बोइङ बिक्रीको तनाव उस्तै

निगमलाई अर्को तनाव बोइङले थपेको छ । बोलकबोलमार्फत यो विमान अमेरिकी कम्पनी सीएसडीएसले ५७ लाख १० हजार डलर (करिब ६६ करोड ८० लाख रुपैयाँ) मा खरिद गर्न लागेको छ । उसले यो रकममध्येको ५ प्रतिशत निगमलाई बुझाइसकेको पनि छ । तर कोभिड-१९ का कारण सम्झौताका लागि उक्त कम्पनी नेपाल आउन नसकिरहेको जानकारी निगमलाई गराइरहेको छ । 

कोभिड-१९ लाई देखाएर उनीहरुले ढिलो-ढिलो गरिरहेका छन् । अहिलेको परिस्थितिले योभन्दा सस्तो मूल्यमा अरु विमान खरिद गर्न सकिन्छ की भन्‍ने हेतुले पनि यो विमान लिन नआउन लागेको पो हो की भन्‍ने चिन्ता निगमलाई छ । 

कार्यकारी अध्यक्ष घिमिरेले भने नेपाल आउन सहजीकरण गर्ने जानकारी गराइसकेको बताए । “अहिले अन्तर्राष्ट्रिय विमान पनि खुलिसकेको भनेर उनीहरुलाई सम्झौताका लागि आउन भनिरहेका छौं । उनीहरुले ढिलो ढिलो गरेका छन्,” उनले भने । 

अहिलेसम्म यो विमान लिन आउँदैनौं भनेर उक्त कम्पनीले भनिसकेको भने छैन । “उनीहरुले आउँदैनौ त भनेका छैनन् । त्यो विमानको विभिन्न विवरण मागेका छन् । हामीले पठाइरहेका पनि छौं,” उनले भने ।

अब नयाँ जहाज किन्‍ने योजना

चिनियाँ जहाजका कारण आजित बनेको निगमले ती विमान थन्क्याएर नयाँ जहाज किन्‍ने तयारी अगाडि बढाएको छ । निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा जहाज खरिद गर्ने तयारी गरेको हो । त्यसका लागि निगम उपमहानिर्देशकको संयोजकत्वमा एक समिति गठन गरेर अध्ययन गरिरहेको छ । 

हिमाली, पहाडी तथा दुर्गम क्षेत्रमा उडान गराउने गरी नयाँ जहाज खरिद गर्न खोजेको कार्यकारी अध्यक्ष घिमिरेले बताए । अहिले नेपाल एयरलाइन्ससँग आन्तरिकतर्फ तीनवटा जहाज छन् । दुईवटा ट्विनअटर चालु अवस्थामा छन् भने अर्को लकडाउनलगत्तै बन्‍ने घिमिरेले बताए । हाललाई दुर्गम एवं ग्रामिण क्षेत्रमा सञ्‍चालन गर्ने गरी तीनवटा खरिद गर्ने र त्यसपछि प्रतिस्पर्धा गर्न थप गर्दै लैजाने योजना बनाएको घिमिरेले बताए । 

पर्यटनमन्त्री योगेश भट्टराईले नयाँ जहाज खरिद गर्न अगाडि बढ्न निगमलाई अनुमति दिएकोले निगमले नयाँ जहाज किन्‍न प्रक्रिया अगाडि बढाएको हो । तर, ती नयाँ जहाज आफ्नै बलबुताले किन्‍न सक्ने क्षमता भने निगमसँग छैन । त्यसका लागि सरकारले निगमलाई आर्थिक सहयोग गर्नुपर्ने हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement