site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 छोराको जीवनमाथि राजनीति नगर्न ट्रम्पलाई ज्याकोबका बाबुको आग्रह
Sarbottam CementSarbottam Cement

केनोशा । संयुक्त राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प केनोशा पुगेसँगै प्रहरीको गोली लागेर घाइते भएका अश्वेत ज्याकोब ब्लेकका बाबुले छोराको जीवनमाथि राजनीति नगर्न आग्रह गरेका छन् । 

ब्लेकलाई प्रहरीले गोली हानी घाइते बनाएपछि पछिल्ला साताहरुमा अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन थप चर्किएको हो । राष्ट्रपति ट्रम्पले केनोशा भ्रमणका क्रममा प्रहरी अधिकारीहरुसँग भेट गर्नेछन्  । तर, ब्लेकको परिवारलाई भने उनले नभेट्‌ने जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

३ नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनलाई मध्य नजर गर्दै कानुनी व्यवस्थालाई लिएर राजनीतिकरण गर्न खोजिएको र ट्रम्पले माहोल आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाइएको छ । 

सीएनएनसँगको अन्तर्वार्तामा ज्याकोब ब्लेकका बाबुले भने, "राष्ट्रपति ट्रम्पलाई भेट गर्नुभन्दा कयौं गुणा महत्वपूर्ण मेरो छोराको जीवन हो । म राजनीति नहोस् भन्‍ने चाहन्छु । ट्रम्पसँग उभिएर फोटो खिचाउँदै छोराले न्याय पाउँदैन् । मेरो छोरोको विषय हो, म्यान ।"

Global Ime bank

स्थानीय अधिकारीहरुले राष्ट्रपति ट्रम्पालई केनाशा नआउन अपिल गरेका थिए । उनी विस्कन्सिनस्थित केनोशा आउँदा आन्दोलन थप चर्किनसक्ने भएकोले नआउन अपिल गरिएको थियो । 

तर, ट्रम्पले भने उनीहरुको आग्रह अस्वीकार गरेका छन् । उनले उल्टै उक्त सहरका मेयर र गभर्नरलाई हिंसालाई साथ दिएको र कानुनलाई उल्लंघन गरेको आरोप लगाएका छन् । 

ब्लेकका बाबुले भने, "यो राजनीतिको विषय होइन । यो मेरो छोराको जीवनको सवाल छ । उनको छोराको शरीर आधा प्यारालाइज् थियो ।" 

गत आइतबार २९ वर्षीय ब्लेकलाई नियन्त्रणमा लिनअघि कयौं पटक गोली हानिएको थियो ।  - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC