site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनसम्पर्कको शाख गिराउने काम किन हुँदै छ ?

सक्षम नेतृत्वका सम्बन्धमा एउटा भनाइ छ- नेतृत्वले आफूभन्दा पछिका लागि पनि सक्षम नेतृत्व पैदा गर्न सक्नुपर्छ । आफूमात्र सक्षम देखिन खोज्‍ने व्यक्ति असल नेता हुँदैनन् ।

प्रसंग नेतृत्वको हो र त्यो नेतृत्व अमेरिकामा स्थापना भएको नेपाली जनसम्पर्क समितिको हो । सक्षम र इमानदार नेतृत्व भएन भने के हुन्छ भन्‍ने बुझ्‍न जनसम्पर्क समिति अमेरिका राजनीतिशास्त्र, व्यबस्थापनका विद्यार्थीका निम्ति मात्र होइन रुचि राख्‍ने हर-कोहीका लागि ‘केसस्टडी‘ हुनसक्छ । 

सक्षम नेतृत्व नहुनुकै परिणाम यतिखेर अमेरिकाका सहरैपिच्छे ‘जनसम्पर्कको अध्यक्ष म हुँ, नेता म हुँ‘ भन्‍नेहरू उम्रिएका छन् । आफूभन्दा पछिका लागि नेतृत्व विकास हुने अवसरै नदिने, संस्थागत पारदर्शितालाइ मकै पोले जसरी खाने, सबैलाई सहयात्रीका हिसाबले भन्दा भाग खोस्‍न आएको व्यवहार गर्दाको परिणाम यतिखेर जनसम्पर्क समितिको छवि प्रजातान्त्रिक पार्टीको शुभेच्छुक संस्थाको रूपमा भन्दा बाहिरबाट अराजकहरूको भिड हुन्, हिनामिना गर्ने र पदलोलुपहरूको झुन्ड हो भन्‍ने छाप परेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

२०१४ मा टेक्ससको डालसमा भएको अधिवेशनले संस्थालाई गति, जीवन्तता र ऊर्जा थपेको थियो । विधानअनुसार चल्ने हो भने दुई वर्षमा कार्यकाल समाप्त भइसकेका पदाधिकारीहरूको म्याद असहज अवस्था भन्दै एक वर्ष बढाउन सबैको एकमतै थियो । कसैले विरोध गरेका होइनन् । 

डालस अधिवेशन सकिएको ६ वर्ष हुन लाग्यो । विधानअनुसार चलिएको थियो भने अहिलेको कार्यसमितिभन्दा पछि २०१६ र २०१८ मा अधिवेशन भएर अर्को अधिवेशनको चहलपहल सुरु भइसकेको हुने थियो यतिखेर । उहिल्यै आयु सकिएका पदाधिकारीलाई नेता र वैधानिकता सकिएको कार्यसमितिलाई नेतृत्व मानेर हाम्रो यात्रा कहाँ पुग्‍ने हो कुनै ठेगान छैन ।

Global Ime bank

चुनाव हारेका, हराइएका र नेतृत्वमा रहेकाभन्दा बाहेक हजारौं सदस्यहरु र शुभेच्छुकहरु बाहिर छन् । वर्तमान नेतृत्वले तिनीहरुको सहभागिता र सहयात्रालाई रत्तिभर महत्त्व दिएन । चुनावमा जित्‍ने मात्र योग्य र विशिष्ट हुन्, बाँकी सबै हैसियतबिनाका हुन् भन्‍ने खालको व्यवहार पटक-पटक प्रदर्शन भए । जिम्मेवारी बाँडफाँड गर्दा कामकाज सजिलो हुन्छ भन्‍ने राजनीतिशास्त्रको तर्क र सिद्धान्तविपरीत शक्ति जति आफू अनि निकटमा थुपारेर गुटको मात्र नेता हुने प्रयास कार्यसमिति अधिकांशमा देखियो । जसका कारण यो नेतृत्व असफल हुन पुग्यो । न काम गर्न सक्यो न समयमा अधिवेशन गर्न सक्यो न समर्थकहरुबीच लोकप्रिय हुन नै सक्यो ।

मैले डालस अधिवेशनमा व्यक्तिगत रूपमा आफूलाई मत नमागेर टिमका लागि मागें । मलगायत केही साथीहरू टिम भनेर हिँडेका थियौं । तर अहिले नेतृत्वमा आउनुभएका साथीहरू आफूलाई मात्र मत मागेर हिँड्नुभएको तथ्य त्यतिखेरै नखुलेको होइन । हामी आनन्द विष्टको नेतृत्वको प्यानललाई जसरी पनि नेतृत्वमा स्थापित गराउनुपर्छ भनेर मरिमेटेको कुरा टिमका सबै साथीभाइहरुलाई अवगत छ । टिमका सबैले मलगायत वेद खरेल, सुभाष घिमिरेले जसरी सामूहिक मत मागेको थियैाँ, सबैबाट इमानदारिता देखाइएको भए हामी पराजित हुने थिएनौं । म कसको कारण हारेभन्दा पनि सबैले बराबर मत किन आएन भन्‍ने सोच्दै छु ।

संस्थाको वैधानिकता र आर्थिक अनुशासनमा यो संस्था दुनियाँमै सबैभन्दा आलोचित भयो किन ? कसका कारण ? आर्थिक अनियमितताको आरोप लागेर, प्रमाणित भएर कारबाहीमा परेका मानिसहरु कुन नैतिकताले यसै संस्थामा बसिरहन मिल्छ ? 

अर्कातिर नेतृत्व गलत भयो भन्दैमा घरघर-सहर सहर, राज्य-राज्यबाट अर्को समिति र अर्को पदाधिकारीको स्वघोषणा हुनु अर्को अतिवाद हो । यसले नत संस्थालाई बल पुर्‍याउँछ, नत विधि र विधानलाई नै । यस्ता गतिविधिले केही दिन त सन्तोष देला, तर संस्थाका लागि यो घातक कार्य हो । नेतृत्वको कमजोरी सच्याउन नेता फेर्ने हो, संस्थानै अर्को गठन गर्ने होइन । 

अमेरिकी कानुनअनुसारको संस्था नबन्दासम्म सानेपाको चिठीले गठन र विघटन हुने प्रचलन रोकिनेवाला पनि छैन । हामीले पार्टीसँगको सम्बन्धको निरन्तरता मात्रै मागेका हौं, सक्रिय सहभागिता र निर्वाचनमा भाग लिन खोजेका होइन । विदेशबाट नेपालको प्रजातन्‍त्र र मानवाधिकारका लागि सहयोग गर्न, देश र पार्टीको सम्बन्धलाई निरन्तरता दिन बीपी कोइरालाले जनसम्पर्क समितिको आवश्यकता देख्नुभयो । आज त्यसको औचित्य झन् थपिएको छ । आर्थिक लगानी र विदेशमा सिकेको सीप र प्रविधि स्वदेश पठाउने दायित्वसमेत थपिएको छ । के हामी यी सबै गर्न सक्षम छौं त ?

यी सबै कामका लागि सक्षम नेतृत्व, इमानदार छवि, उदार चरित्र भएको व्यक्ति चाहिन्छ । नेतृत्व भन्‍नेले पनि सबैका विचार, धारणा सुन्‍ने धैर्य गर्नुपर्छ । आलोचना, विरोध पचाउने क्षमता विकास गर्नुपर्छ । जंगबहादुर शैलीको नेतृत्वले यो शताब्दीका संघ-संस्थाहरू चल्न सक्दैनन् ।

नेतृत्व हातमा परेपछि संस्था छाड्नै नचाहने, अरुलाई अघि बढाउनै नचाहने प्रवृत्तिविरुद्ध सबैले दबाब दिन र आवाज उठाउन छाड्नु हुन्‍न । स्वयंसेवी संस्थामा लामो समयसम्म पद ओगटेर बस्‍ने, कसैका कुरै नसुन्‍न प्रवृत्ति जब हावी हुँदै जान्छ, तब दालमा काला हे भनेझैँ शंका गर्न बध्य हुनुपर्छ । 

सहरै पिच्छे जनसम्पर्क समिति र घरैपिच्छे नेता घोषणा हुने परिपाटीलाई अन्त्य गर्न नेपाली कांग्रेसले पनि समन्वय गर्न आवश्‍यक छ । होइन भने यो संस्था प्रवासमा रहेका हामीजस्ता कांग्रेसका कार्यकर्ता, शुभेच्छुकलाई जुटाउने, संगठित गर्ने संस्थाभन्दा लडाउने, भिडाउने संस्थाका रूपमा परिचित हुँदै जाने र लाखापाखा हुने अवस्था नआउला भन्‍न सकिन्‍न । 

(लेखक : जनसम्पर्क समिति अमेरिकाको स्थापनाकालदेखि निरन्तर सक्रिय व्यक्ति हुन् ।)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC