site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
क्रियाकलापमा आधारित लेखा प्रणाली : अभ्यस्त नहुँदा तलब खुवाउनसमेत समस्या

काठमाडौं । ६० वर्षीय लेखा प्रणालीलाई क्रियाकलापमा आधारित बनाउने क्रममा सुरुमै समस्या देखिएको छ । लेखा विवरण राख्‍ने तथा भुक्तानी गर्ने सरकारी कार्यालयका कर्मचारी नयाँ प्रणालीमा अभ्यस्त हुन नसक्दा तलब खुवाउनसमेत समस्या देखिएको हो ।

क्रियाकलापमा आधारित लेखाप्रणाली कार्यान्वयन गर्ने क्रममा आवश्यक तीनवटा प्रणालीबीच अन्तक्रिया स्थापित गर्नुपर्ने प्राविधिक समस्याका माझ कर्मचारीको अभ्यस्तता अभावले समस्या देखिएको हो । जसअनुसार केही सरकारी निकायका कर्मचारीले आइतबार दिउँसो ३ बजेसम्म तलब पाएनन् ।

पुरानो व्यवस्थामा भिजेका सरकारी भुक्तानी कार्यालयका कर्मचारीलाई सुरुमा अभिलेख प्रविष्टिमै समस्या आउँदा सरकारी निकायका कार्यालयको डिजिटल पेरोलसमेत ढिलाइ भएको थियो ।

Dabur Nepal

महालेखा नियन्त्रकको कार्यालयले भदौ ३ गते संघीय निकायका लागि तयार पारेको क्रियाकलापमा आधारित लेखा प्रणाली प्रदेशमा समेत कार्यान्वयन भइसकेको छ । कम्प्युटरमा आधारित सरकारी लेखाप्रणाली (सी-गास) भनिने नयाँ लेखा प्रणालीअनुसार मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) र प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) ले अख्तियारी दिएको काममा खर्च गर्न र सोहीअनुसार विद्युतीय भुक्तानी गर्न मिल्छ ।

महालेखाले ६० वर्षे लेखा प्रणालीमा सुधार गरेर क्रियाकलापमा आधारित बनाएको हो । यसअघिको प्रणालीमा शीर्षकका आधारमा मात्र खर्च विवरण राख्‍न मिल्ने मिल्थ्यो । नयाँमा भने हरेक गतिविधिको विवरण 'क्याप्च' गर्न सकिन्छ ।

यसअघि सबै विकास निर्माणमा हुने खर्च विकास निर्माण शीर्षक अन्तर्गत राखिन्थ्यो । अब कुन निर्माणमा कति खर्च भएको हो, विवरणमा सामेल गर्न सकिन्छ । यस्तै, जुन क्रियाकलापका लागि खर्च गर्ने भनेर बजेट विनियोजन भएको हो, त्यसैमा खर्च हुन्छ ।

यस्तो व्यवस्थामा अपग्रेड हुनका लागि अहिलेका सरकारी कर्मचारीलाई समस्या भइरहेके छ । महालेखाले दैनिक ५ सयको संख्यामा क्षमता विकास तथा प्रणाली सञ्चालन तालीम दिइरहेको छ । जसको प्रतिफल लगानीकर्ता विस्तारै अभ्यस्त हुन थालेको महालेखा नियन्त्रक कार्यालय कोष प्रशासन शाखाका उपमहानिर्देशक भेषप्रसाद भुर्तेल बताउँछन् । 

उनका अनुसार ९ गते ६४९ भुक्तानी आदेश तयार भएका थिए । यस्तै, १० गते १ हजार २०६ भुक्तानी आदेशबाट ५ अर्ब ९६ करोड रूपैयाँ खर्च भएको थियो ।

महालेखाले दिएको तालीमको प्रतिफल कर्मचारीको विवरण प्रविष्टी पनि हुन थालेको छ । गत बिहीबार एकैदिन ९५ हजार जना कर्मचारीको विवरण प्रविष्टी भएकामा हालसम्म १ लाख ३४ हजार सरकारी कर्मचारीको विवरण प्रविष्टी भइसकेको छ ।

त्यसयता केही जानकारी प्रणालीले माग गरेअनुसार म्याच नहुँदा केही भुक्तानीमा समस्या आएको हो । महालेखा नियन्त्रक गोपीनाथ मैनाली भने संघको धेरै जसो कर्मचारीको तलब गइसकेको र केहीको जाने क्रममा रहेको बताउँछन् ।

बाह्रखरीसँग उनले भने, “एउटा प्रणालीबाट अर्कोमा जाँदा केही थोरै समस्या त हुन्छ नै । त्सलाई मिलाउन हामी लागि परेका छौं ।” क्रियाकलापमा आधारित लेखा प्रणाली भएकाले विवरण राख्‍न पहिलो महिना केही समस्या पर्ने उनको भनाइ छ ।

यसो त, कोभिड-१९ परिवेशका कारण नयाँ प्रणाली पर्याप्त पूर्वतयारीका साथ सुरु गर्न सकिएन । साउन १ देखि नै देशैभर यो प्रणाली कार्यान्वयनमा आउनुपर्ने भए पनि भदौको पहिलो साताबाट मात्र लागु भएको हो । यद्यपि पूर्ण कार्यान्वयन भने हुन सकेको छैन ।

के हो क्रियाकलापमा आधारित सरकारी लेखाप्रणाली ?

मैनालीका अनुसार कार्यालयले सम्पूर्ण लेखांकन गर्ने निकायलाई अनलाइन तालीम दिएको छ र तल्ला निकायमा आएका समस्या समाधान गर्न विशेष डेस्क राखेको छ । उनले भने, “चारजना उपसचिब र ८ जना अधिकृत तथा केही प्रणाली सञ्चालन गर्ने सहयोगी विज्ञ हुनुहुन्छ । उहाँहरु अहोरात्र खटिनु भएको छ ।”

यसअघि राष्ट्रिय वाणिज्य बैंकको खातामा आएपछि केही समय भुक्तानी बिथोलिएको थियो । बैंकले १६ अंकको खाता नम्बर जारी गरेपछि भुक्तानीको समस्या पनि समाधान भइसकेको छ ।
मैनालीले भने, “एक लाख ३४ हजार कर्मचारीको पेरोल बनिसकेको छ । उहाँहरुको तलब आइतबारसम्म गइसक्छ ।” यद्यपि प्रणालीले काम नगरे तलब रोक्ने पक्षमा कार्यालय नभएको उनले स्पष्ट पारे । सिस्टम नचल्दा वैकल्पिक वा पुरानै माध्यमबाट पनि तलब खुवाउन सकिने उनको भनाइ छ ।

महालेखाले अहिले कोष तथा लेखा नियन्त्रकका लेखासम्बन्धी कर्मचारीलाई १५ दिन आन्तरिक लेखा परिक्षण र हिसाब मिलानको काम रोकेर क्रियाकलापमा आधारित लेखापरीक्षणको स्थायीत्वमा काम गर्न खटाएको छ । अनलाइन तालिम दिने, असजिलोमा पारेकालाई मर्का फुकाइदिने काम महालेखाले गरिरहेको छ ।

मैनाली भन्छन्, “तीन वटा प्रणालीलाई इन्टिग्रेट गर्दा समस्या आउँदो रहेछ । कतिपय समस्या त आँकलन गरेभन्दा धेरै नै आइदियो ।”

तलब भुक्तानी सरकारी निकायले गर्ने एक प्रकारको भुक्तानीमात्र हो । यसबाहेक बिल भुक्तानी, अन्य भुक्तानी, पेश्की, समयोजन र निकासाको काम लगायतका अन्य काम पनि क्रियाकलापमा आधारित लेखा प्रणाली अनुसार प्रविष्टि हुन्छन् । क्रियाकलापलाई क्याप्चर गर्न एकल खाता भुक्तानी प्रणाली (टीएसए), कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (सी-गास) र विद्युतीय भुक्तानी प्रणाली (ईएफटी) का बीचमा 'इन्ट्रयाक्सन' हुनुपर्छ । सो काममा ब्रेक थ्रु भइसकेको छ ।

 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro