बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति ट्रम्पकी वरिष्ठ सल्लाहकारद्वारा राजीनामाको घोषणा
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, भदौ ८, २०७७
Laxmi Bank
Laxmi Bank

वासिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि नोभेम्बरमा हुने निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार केलिन कनवेले राजीनामाको घोषणा गरेकी छन् ।

५३ वर्षीया कनवेले एक विज्ञप्ति जारी गर्दै अगस्त अन्तिममा आफूले राजीनामा दिने घोषणा गरेकी हुन् । उनले अब आफ्नो सन्तानप्रति केन्द्रित हुने र उनीहरुलाई ड्रामाभन्दा पनि 'मामा'  बनेर हेरचाह गर्ने बताएकी छन् । 

उनका श्रीमान् जर्ज राष्ट्रपति ट्रम्पका कट्टर आलोचक हुन् । उनी पनि राजनीतिक सक्रियताबाट बाहिरिने बताइएको छ । 

Agani Group

उनले राजीनामाको निर्णय 'पूर्वव्यक्तिगत र आफ्नो रोजाइ' भएको भन्दै चाँडै आगामी योजनाहरु बताउने जनाएकी छन् । 

 

sarbottam cement

 

यसअघि उनकी १५ वर्षीया छोरी क्लाउडियाले आफ्नो आमाको जागिरले आफ्नो 'जिन्दगी बरबाद' गरेको भन्दै ट्विट गरेको केही घण्टापछि कनवेले यस्तो घोषणा गरेकी हुन् । 

उनले आगामी बुधबारको रिपब्लिकन नेसनल कन्भेन्सनमा वक्ताका रुपमा प्रस्तुत हुने कार्यतालिका बनाएकी छन् र यसबारे राष्ट्रपति ट्रम्पलाई आइतबार राति जानकारी गराएकी छन् । 

उनी सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई निर्वाचित गराउन सफल महिला अभियानकर्मी हुन् । तर, उनका पति भने दी लिंकन प्रोजेक्टका को-फाउन्डर हुन् र सन् २०२० मा ट्रम्पको पुन: निर्वाचित हुनबाट रोक्‍न काम गरिरहेका छन् । -बीबीसी

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, भदौ ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्