site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले आर्थिक पाटोलाई किन नबुझेको ?

कोरोना भाइरसको संक्रमण समुदायमा कहाँ पुग्यो, कहाँ पुगेन थाहै भएको छैन । सबैतिर फैलिएको छ । त्यसैले सबैभन्दा पहिले परीक्षण नै बढाउनुको विकल्प छैन । विशेषगरी उद्योग, कारखानामा काम गर्ने मान्छे, यातायातमा काम गर्ने मान्छे, सामान ढुवानी, जलविद्युत् परियोजना निर्माण, सडक पूर्वाधार निर्माणलगायत उत्पादनमूलक क्षेत्रमा काम गर्ने कामदार र उनीहरूमा आश्रित परिवारका सदस्यको कोरोना परीक्षण गराउनुपर्छ । परीक्षण गर्दा उनीहरूमा संक्रमण छैन भने सुरक्षित गरिएकाले निर्माणका काममा लाग्न भन्नुपर्छ । परीक्षणको रिपोर्टका आधारमा उत्पादन, ढुवानी र निर्माणमा संलग्न हुन्छन् । त्यसैले मुख्य कुरा परीक्षण हुनुपर्‍यो । 

जोखिममा देखिएकाको परीक्षण त गर्न परिहाल्यो । त्यसबाहेक पनि उत्पादनशील क्षेत्रमा संलग्न हुनेहरूको परीक्षण गराएर उनीहरूलाई उत्पादन काममा निरन्तरता गर्न लगाउनुपर्छ । जस्तो सडक निर्माण संलग्न कामदारको परीक्षण गर्दा कोरोना पोजेटिभ भयो भने तिनको परिवारलाई पनि परीक्षण गर्नुपर्यो । यदि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ पाइएकाहरूलाई स्वास्थ्य सुरक्षाका सावधानीका उपाय अवलम्बन गराएर काममा लगाउनुपर्‍यो । 

Dabur Nepal

चार/चार महिना लकडाउन गर्दा पनि परीक्षण गर्न नसक्नु नराम्रो हो । त्यसैले उत्पादन, ढुवानी क्षेत्रमा संलग्न भएकाहरूलाई प्राथमिकता दिएर परीक्षण गर्नुपर्‍यो । अस्पताल बन्द भएको कहीं पनि देखेको छैन, नेपालमा मात्रै हो । डाक्टर, नर्सलाई संक्रमणले भेट्यो भने अरूको पनि तत्कालै परीक्षण गराएर ३/४ घण्टामा रिपोर्ट ल्याएर अगाडि बढ्नुपर्छ । 

हामीले सुरुमा लकडाउन लगाएका बेलामा पनि एयरपोर्ट र सीमामा परीक्षण गराएर पोजेटिभ रिपोर्ट नआएकालाई गाउँ पठाउनू र संक्रमण छ भने क्वारेन्टिनमा राख्न भनेका थियौं । तर, बिहारबाट आउने र महाराष्ट्रबाट आउनेलाई एउटै क्वारेन्टिनमा राखियो । त्यो पनि अव्यवस्थित रूपले । त्यहीं संक्रमण सर्यो । आरडीटी परीक्षण गरी गाउँ पठाइयो । त्यसकै कारण समुदायमा पनि फैलियो । व्यवस्थापनको लापरबाही वा अक्षमता देखाइयो । सुझाव दिँदादिँदै पनि मानिएन र सो कारणले समुदायमा पनि फैलिएको छ । 

तर, अर्थतन्त्रलाई अझै पनि चलायमान बनाउन सम्भव छ । सार्वजनिक यातायातमा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । तर, निर्माण क्षेत्र, कृषि क्षेत्र, अन्य औद्योगिक क्षेत्रमा संलग्न श्रमशक्तिको परीक्षण गराउने र उनीहरूको आश्रित परिवारलाई पनि परीक्षण गराएर संक्रमण नभएको यकिन गरेर उत्पादनमा लगाउनुपर्छ । त्यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ । 

उत्पादन बढाएर पनि बजार नभए त्यसको अर्थ रहँदैन । त्यसैले अहिले मान्छेको क्रयशक्ति बढाउनुपर्ने सरकारको कर्तव्य हो । एकातिर क्रयशक्ति बढाउने र अर्कोतर्फ उत्पादन बढाउने गर्नुपर्छ । अहिले पनि कृषिका सामान बढी आयात भएको देखेका छौं । तर, यो बेलामा इन्टरभेन्सन गर्ने हो । त्यो इन्टरभेन्सन गर्न परिवारको आकार हेरेर करिब पाँच लाख परिवारलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म सस्तो ऋण दिनुपर्छ । आवश्यक पर्नेलाई । त्यो ऋण सम्बन्धित वडाले नै एक वा दुई वर्षपछि मासिक किस्तामा उठाउँछ । मानौं, त्यसरी एउटा वडामा १० लाख परिचालन भयो भने आगामी वर्ष त्यो ऋण उठाएर काम गर भनेर वडालाई भन्न पाइन्छ । पैसा जब जनताको हातमा भएपछि त्यो पैसाले बजारमा सामान खरिद गर्छन् र वस्तु वा सेवा उत्पादन गर्नेको उत्पादन खपत हुन्छ । यता, उत्पादन बढाउन लगाउने तर खपत गर्ने बजार नखुलाउने हो भने समस्या हुन्छ । 

अहिले मालपोत कार्यालय नै बन्द गरिएको छ । मान्छेको व्यवसाय गर्ने, किन्न, बेच्ने, चलाउने, यताउता गर्ने भनेको मालपोतबाटै हो । तर, मालपोत नै बन्द गरियो । बैंकले धितो नभएसम्म ऋण दिँदैन । धितो राख्ने भनेको त जग्गा नै हो । मालपोत कार्यालय नै बन्द गराएपछि अब १५ दिनसम्म त ठप्पै हुने भयो । सरकारले आर्थिक पाटोलाई किन नबुझेको ? जग्गा धितो राखेर ऋण लिने प्रक्रिया ठप्प हुने भयो । त्यसैले उत्पादन बढाउनुका साथै उत्पादित सामानको खपतका लागि पनि सरकारले आफ्नो धारणा ल्याउनुपर्छ । 
(पोखरेलसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro