site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जो बाइडेन र कमला ह्‍यारिसले भने- ट्रम्प असक्षम, अमेरिकालाई धुजाधुजा बनाए 
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अक्षम नेता भएको र अमेरिकालाई 'धुजाधुजा' बनाएको आरोप लगाएका छन् ।  बाइडेनले आफ्नो रनिङ मेटका रुपमा कमला ह्य‍ारिसको नाम घोषणा गरेको दोस्रो दिन बुधबार संयुक्त रुपमा चुनावी अभियानमा सहभागी हुँदै राष्ट्रपति ट्रम्पलक्षित अभिव्यक्ति दिएका हुन् । 

राष्ट्रपति ट्रम्पले ह्यारिसको टिप्पणीको प्रतिक्रिया दिँदै भने, "कमला ह्यारिस राष्ट्रपति उम्मेदवारको दौडबाट ढुंगा जसरी तल खसेकी हुन् ।" यसअघि कमला ह्यारिस राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । 

पूर्वउपराष्ट्रपति समेत रहेका बाइडेनले आगामी नोभेम्बर ३ मा हुने निर्वाचनमा रिपब्लिकन राष्ट्रपति ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन् ।  डेलवरको विल्मिङ्टनमा भएको चुनावीसभामा दुवै उम्मेदवार मास्क लगाएर मञ्‍चमा प्रवेश गरेका थिए । उक्त सभामा कोरोना भाइरसको संक्रमणका कारण सर्वसाधारणका लागि प्रवेश अनुमति दिइएको थिएन । उनीहरुले सामाजिक दूरी कायम गरेर उपस्थित भएका पत्रकारहरुलाई सम्बोधन गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समाचार संस्था रोयटर्सका अनुसार हल्का पानी परेको कार्यक्रम स्थलको बाहिर झन्डै ७५ जना उपस्थित भएको र त्यसमध्ये केही बाइडेनका आलोचकसमेत थिए ।  बाइडेनले सम्बोधनको क्रममा क्यालिफोर्नियाकी सिनेटर ह्यारिस अमेरिकाको प्रमुख पार्टीका तर्फबाट राष्ट्रपति चुनावमा 'रनिङ मेट'का रुपमा प्रस्तुत हुने पहिलो अश्वेत महिला रहेको बताए ।

बाइडेनले भने, "आगामी नोभेम्बरमा हामीले गर्ने छनोटले अमेरिकाको भविष्य धेरै लामो समयसम्मका लागि निर्धारण गर्नेछ । डोनाल्ड ट्रम्पले कमला ह्यारिसमाथि आक्रमण गर्न थालिसके । विभिन्न असभ्य नामहरु दिन थालेका छन् । यो कुराले आश्चर्यमा पारेको छैन किनकि गुनासो नै त्यो चिज हो, जसमा ट्रम्प उत्कृष्ट छन् । अमेरिकाको इतिहासमा गुनासोमा सबैभन्दा पोख्त भएका राष्ट्रपति हुन्, ट्रम्प ।"

Global Ime bank

बाइडेनले कोरोना भाइरस महामारी नियन्त्रणका लागि ट्रम्पले गरेको कमजोर प्रयासको पनि आलोचना गरेका छन् । 

बाइडेनपछि पोडियममा आएकी ह्यारिसले आफू काम गर्नका लागि तयार रहेको बताइन् । ५५ वर्षीया ह्यारिसले पत्रकारलाई भनिन्, " यो अमेरिकाका लागि वास्तविक रुपमा प्रभाव पार्ने समय हो । हामीलाई चासो भएका सबै कुराहरु - हाम्रो अर्थतन्त्र, हाम्रो स्वास्थ्य, हाम्रा बालबालिका, कस्तो देशमा हामी रहन चाहन्छौं भन्‍ने सबै कुराको निर्धारण हुने समय हो ।"

उनले थपिन्, "बाराक ओबामा र जो बाइडेनले तयार पारेको अर्थतन्त्रको बलियो आधारमा ट्रम्पले शासन सुरु गरे । तर अहिले अवस्था स्पष्ट छ । राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न योग्य नै नरहेको व्यक्तिलाई निर्वाचित गर्दाको परिणाम हो यो ।" 

ह्यारिसमाथि ट्रम्पको आक्रमण
उता ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति उम्मेदवार ह्यारिसको आलोचना गरे । उनले ह्यारिस डेमोक्रेटिक पार्टीको राष्ट्रपतिको उम्मेदवारमा असफल भइसकेको पात्र भएको बताए । उनले भने, "मै हेरेको थिए । उनको उम्मेदवारको दौडमा उनले ल्याएको मत लगातार ओरालो लागेर शून्यमा झरेको थियो । उनी आक्रोशित भइन् र अर्धचेत अवस्थामा पुगिन् । तर, अहिले एकाएक उपराष्ट्रपतिको उम्मेदवार बनिन् । कस्तो अचम्म‍ ?" 

को हुन् कमला ह्यारिस ?

अमेरिकी उपराष्ट्रपतिमा चुनाव लड्ने कमला पहिलो अश्वेत र एसियन-अमेरिकन महिला हुन् । इन्डियन-जमैकन मूलकी कमलाले डेमोक्रेटको राष्ट्रपति उम्मेदवारको दौडमा बाइडेनसँगै भिडेकी थिइन् ।  क्यालिफोर्नियाको ओक्लान्डामा जन्मिएकी ५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए ।

उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई "एक अमेरिकी" भन्‍ने गर्छिन् । उनी राष्ट्रपतिको उम्मेदवारको दौडबाट पछि हटे पनि उपराष्ट्रपतिको उम्मेदवार बन्‍ने नामको चर्चाको शीर्षस्थानमा उनको नाम थियो । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी कमलाले देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको आचरण र व्यवहार सुधार हुनपर्ने माग राखेकी थिइन् । 

उपराष्ट्रपतिमा ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवारसमेत रहेका वर्तमान उप-राष्ट्रपति माइक पेन्ससँग अक्टोबर ७ मा सल्ट लेक सिटी, युटामा बहस गर्ने भएकी छन् । अमेरिकामा उनीसहित हालसम्म तीनजना महिला मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेकी छन् । तर, यसअघिका दुई उम्मेदवारले जित दर्ता गर्न सकेका थिएनन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement