site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
‘कालो बादल’भित्र केपी ओलीको ‘जहाज’

प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका बेला भनेका थिए — नेकपा ठूलो जहाज हो र यसलाई उडाउन दुइवटा पाइलट चाहिन्छन् । तर, तीनवर्षको अवधिमा जहाजले एकपटकबाहेक त्यति राम्ररी उडान गर्न सकेको देखिएन । बरु, सरकारी स्वामित्वको नेपाल एयरलाइन्सकै हालतमा पुगेजस्तो पो लाग्छ । यसपटक त मध्यवर्षा याममा आकाशमा कालो बादल मडारिइरहेको बेला दुवै पाइलट आपसमा मारामार गरिरहेका छन् ।

जहाजका यात्रुहरुको हालत कस्तो होला ? जहाज सहजरुपमा गन्तव्यमा ओर्लिन सक्ला त भन्ने चिन्ता व्यापक छ । बाटो छाडेर बाहिर गए पनि बीचबीचमा उत्तरतिरबाट टावर सम्पर्क भइरहेकाले जहाज दुर्घटनाबाट बच्न सक्ने र सहज अवतरण हुने अनुमान पनि गर्न भने थालिएको छ । 

दाहाल : सहकर्मी नभएर सहयोगी 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कुन क्षेत्रमा कसले कति लाभ लिने भन्ने सम्बन्धमा एयरलाइन्सबीच कोड सेयरिङ सम्झौता हुने गर्छ र संयुक्तरुपमा मार्केटिङ गरिन्छ । सम्झौताअनुसार नाफाको हिस्सा उपलब्ध हुँदासम्म समस्या आउँदैन । असहमति भएपछि सम्झौता तोडिन्छ । दुई पाइलट मिल्ने बेलामा अर्थात् चुनावअघि नै नेकपामा पनि यस्तो सम्झौता भएको थियो र लाभ बाँडचुँडको अलिखित सम्झौता भएको त्यसबेला नै दुवैतर्फबाट प्रचार गराइएको थियो । अहिले सम्झौताअनुसार बाँडफाँट नभएकाले रडाको मच्चिएको हो । त्यसैले सम्झौता कार्यान्वयन नभएसम्म उत्तर वा दक्षिणको सक्रियताले काम नगर्ने नेकपाका नेताहरुले सार्वजनिक गरिरहेका छन् ।  

पार्टीमा भित्र्याउने बेलामा नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नामका ती पाइलटका कमी कमजोरीका बारेमा जानकार ओली तिनै कमजोरीको जगमा पार्टीभित्र उनलाई टाउको उठाउन नसक्ने गरी नियन्त्रण गर्न सकिन्छ भन्ने मान्यता राख्थे । प्रचण्डले ओलीलाई भन्दा ओलीले प्रचण्डलाई राम्ररी बुझेजस्तो देखिन्थ्यो । उनीहरुको त्यसबेलादेखिकै सम्बन्ध ‘जोगी भैसी’को जस्तो देखिन्थ्यो । ओलीले प्रचण्डलाई सत्ता साझेदारीका लागि होइन सहयोगका लागिमात्र भित्र्याएको अनुमान गर्न कठिन थिएन । 

Royal Enfield Island Ad

पार्टीमा आफू स्थापित भइसकेकाले लरतरो प्रयासले विस्थापित हुन नसक्ने, अध्यक्ष हुन आफूलाई सहयोग गरेका तर महत्त्वाकांक्षी वामदेवलाई चुनावमा हराउँदा थाहै नहुने, झलनाथले आँखा नदेख्ने र निर्णायक भनिए पनि माधव नेपालको कहिल्यै पहिचान नखुल्ने गरेको पुरानो रोगबारे बुझेका ओलीले प्रचण्डलाई भित्र्याएपछि चुनाव जित्ने, सरकार र पार्टीको नेतृत्व गरी सर्वेसर्वा बन्ने सपना देखिसकेका थिए । प्रचण्डलाई जस्तोसुकै आश्वासन दिएर पार्टीमा भित्र्याउँदा फाइदै फाइदा हुने विश्लेषण गरेका थिए । त्यसैले कांग्रेससँग चुनावी तालमेल गर्न उक्सिएका प्रचण्डलाई चाहेभन्दा बढी आश्वासन दिएर पार्टीमा भित्र्याउन सफल भएका हुन् । यसका लागि विभिन्न मोडेलका दबाब सिर्जना गर्ने क्रममा हास्यकलाकारका देउसी भैली प्रस्तुतिको रचना गर्न पनि भ्याएका थिए । त्यसबेला उनको यो रणनीतिले काम गरेकै हो । 

पार्टीदेखि राज्यसत्तासम्ममा कब्जा भइसकेपछि अकण्टक शासन गर्न सकिने उनको महत्त्वाकांक्षाअनुसार सफलता हात लागेपछि पार्टीका विपक्षीहरु किनारा लाग्न थाले । त्यसैले चुनाव जितेर सरकार गठन गर्नासाथ ओलीले राज्य शक्तिका “स्रोत”हरुलाई नियन्त्रणमा लिन सुरु गरे । त्यसक्रममा अख्तियारमा आफ्ना नजिकका तालुकदार राख्नेदेखि सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभागजस्ता स्वतन्त्ररुपमा काम गर्नुपर्ने निकायहरु, संवैधानिक निकाय, प्रहरी प्रशासन र पछि न्याय दिनुपर्ने अझ स्वतन्त्र निकायसम्ममा आफ्नो नियन्त्रण विस्तार गर्न सफल भएका थिए ।

त्यसबेला विपक्षी दललाई तह लगाउन सर्वसत्तावादी अभ्यास गरे भनिए पनि सम्पूर्णरुपमा आफ्ना विपक्षीहरुलाई तह लगाउने उनको रणनीति थियो । यसरी राष्ट्रपतिदेखि शक्तिको अभ्यास गर्ने तल्लो निकायसम्म उनको पक्कड विस्तार भएको थियो । ओली सर्वसत्तावादी बन्दै गए र विपक्षी त के आफ्नै पार्टीका कसैलाई पनि नगन्ने स्थितिमा पुगे । सत्ता कब्जा गर्दै जाँदा कमजोर विपक्षीको विरोधको मसिनो स्वरमा नेकपाका नेताहरुले कुनै प्रतिक्रिया नै दिएनन् । त्यसैको परिणामस्वरुप उनीहरुले दमन भोग्न थालेका हुन् ।  

सत्ताका खतरनाक विकल्पहरु

सत्ताका थुप्रै विकल्पहरु हुनसक्छन् र ओली परिस्थिति हेरी सबै विकल्प प्रयोग गर्न तम्तयार देखिन्छन् । काम गरेर देखाउने अवसरलाई छोडिदिऊँ । सत्तामा रहेकै कारणले विपक्षीलाई फकाउने, सत्ता साझेदारीका लागि लोभ्याउने, धम्क्याउने, तर्साउने, सिध्याइदिने, ठाउँ कुठाउँबाट दबाब दिन लगाउने गर्न सकिन्छ । स्थायी कमिटी वा सचिवालय, संसदीय दलमा विरोधीको बाहुल्य हुँदा पनि उनलाई अनुकूलता प्राप्त भइरहेको, पूर्वमाओवादी नेतालाई आफ्नो बसमा पार्नेदेखि चुनाव जितेर संसद् जान लालायित वामदेव गौतमलाई काठमाडौंको ७ नं क्षेत्रबाट ठाउँको ठाउँ उमेदवार हुन नचाहेको अभिव्यक्ति दिन बाध्य पार्न सम्भव भएको हो ।

प्राप्त सत्ताको नेतृत्व पार्टीभित्रका विपक्षी कुनैलाई पनि नदिने आफ्ना विश्वासपात्रलाई भनिसकेका छन् र यो पार्टीभित्रका विरोधीका कानसम्म पनि पुगेको छ । माथिका रणनीति सफल नभए विरोधीलाई कार्बाही गर्ने, पार्टी फुटाउने, संसद् भंग गर्ने, काम चलाउ सरकारको नेतृत्व गरेर सत्तामै बस्ने अथवा राष्ट्रपतिलाई उक्साएर कार्यकारी बनाउने, संविधानलाई पंगु बनाएर त्यस्तै परे आपतकाल, संक्रमणकाल, अन्तरिम संविधान र नयाँ संविधान निर्माणसम्मको यात्रा तय गर्न सक्छन् । विद्यमान संविधानअन्तर्गतको असफल प्रदेश संरचना, खर्चिलो र धान्न नसकिने तलबी स्थानीय संरचनाका कारण जनतामा व्याप्त वितृष्णाले यसका लागि पूर्वाधार तयार भइरहेसकेको छ । आफूले काम गर्न नसकेको दोष उनले महंगो व्यवस्था र संरचनालाई दिन थालेबाट पनि यतातर्फ शंका गर्नुपर्ने हुन्छ ।   

त्यसैले उनले सत्ता प्राप्त गरेपछि छोड्न हुँदैन बरु के कस्ता हतकण्डा अपनाउन सकिन्छ भन्नेसमेत प्रचण्डलाई सिकाइरहेको देखिन्छ । मानसिक तथा शारीरिक स्वास्थ्य र उमेरसमेतका हिसावले अब उनलाई प्राप्त यो अन्तिम मौका हो र उनी यसको सदुपयोग पनि “मर्ते दम तक” शैलीमै गर्न चाहन्छन् । यस्ता कामहरु सत्ताबाहिर रहँदा महँगो पर्न सक्ने उनले बुझेका छन् र  आफू सत्ताबाहिर हुँदा हाल प्रयोग गर्दै आएका हतियारहरु आफू तथा आफ्ना समर्थकविरुद्धमा प्रयोग हुने भएकोले पनि उनी सत्ताबाहिर जान चाँहदैनन् ।  

छिमेकीको सक्रियता 

अवस्था प्रतिकूल भएकोले आन्तरिक दबाब, लोभलालच, धम्की, चेतावनीसँगै उनी छिमेकीमार्फत दबाब बढाउने रणनीतिमा पनि लागेका हुन् । पहिला सरकारलाई संकट पर्दा दक्षिणतर्फको छिमेकीले सक्रियता बढाउँथ्यो भने अहिले उत्तरतर्फको छिमेकी बढ्तै सक्रिय भएको देखिन्छ । सरकारलाई संकट पर्दा नेकपामा राष्ट्रपतिदेखि छिमेकी शुभेच्छुकहरु पनि सक्रिय हुँदा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा भने अलि असहज जस्तो लाग्नु स्वाभाविक हो ।

धेरैपटक नेकपामा समस्या भइरहने र छिमेकी सक्रिय भइरहनुपर्ने हुँदा केही समयपछि उनलाई पनि झर्को लाग्न सक्छ । फेरि उत्तरतर्फको छिमेकीको आश्वासनमा लामो कम्युनिस्ट यात्रा तय होला भन्ने अनुमान पनि धुमिल भएको छ । रेलमार्ग, बजेटरी सहयोगको अपेक्षामा प्रक्रिया मिचेर बूढीगण्डकी जलविद्युत् आयोजना जिम्मा दिइए पनि त्यस्तो केही उपलब्धि हुन सकेन ।

दक्षिणतिरको आशीर्वाद उत्कर्षमा पुगेपछि र लगानीको प्रतिफल लिन हस्तक्षेप बढी हुन थालेपछि उत्तरतिर कोटको फेरो समात्न पुगेका हुन् । सहयोगस्वरुप उपलब्ध जहाज पनि ग्राउन्डेड छ । दैनिकजसोका हस्तक्षेपबाट अवाक भएका नेपाली स्वाभाविकरुपमा उत्तरतिरको छिमेकीतर्फ आशाको नजरले हेरिरहेका थिए । तर उत्तरतिरको अनावश्यक प्रभाव विस्तारले छोटो समयमै सबैलाई वाक्क दिक्क बनाइदिएको छ । तथापि माथितिरबाट केही नझर्दा पनि उनी टसमस छैनन् ।

सबै मोर्चामा सरकारको असफलता 

सरकार सञ्चालनमा उनी सर्बत्र असफल देखिएका छन् । हुक्के बैठके जस्ता सहयोगीहरु ल्याउँदा सरकारको डेलिभरी क्षमता दयालाग्दो छ । अर्थतन्त्र सर्वाधिक कमजोर स्थितिमा पुगिसकेको छ । बजेट सार्वजनिक भएको छ तर त्यसले जनताका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न असफल देखिएको छ । त्यसमा चुनावमा व्यक्त आफ्ना नीति तथा कार्यक्रमहरु समावेश नभएकाले पार्टीले बजेटको स्वामित्व ग्रहण गर्न सकेको देखिएन । यसले गर्दा बजेटबारे जनतामा त व्यापक आक्रोश छ नै उनीहरुका कार्यकर्ताहरु पनि असन्तुष्ट देखिन्छन् र बजेट बेवारिस बन्न पुगेको छ । आम्दानीले सरकारको नियमित खर्च धान्न नसक्ने स्थिति उत्पन्न भैसकेको छ ।

राजस्वको लक्ष्य नै सरकारको चालु खर्चभन्दा न्यून रहेको छ । त्यसमाथि लक्ष्य पनि पूरा हुने संभावनै देखिदैन । राजस्व पूरै असूली भए पनि खर्च धान्न आन्तरिक ऋण काड्नुपर्ने अवस्था छ । अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, अपराधका घट्ना बढे पनि राज्यसत्ताबाट तिनको संरक्षण छ । कोरोनाको यत्रो महामारी फैलिँदा पनि जनताको सुरक्षामा सरकार कहीँ आफ्नो उपस्थिति प्रभावकारीरुपमा देखाउन सकिरहेको छैन ।

आर्थिक गतिविधिहरु यसरी नै साँघुरिदै जाने, स्वदेश तथा विदेशमा रोजगारी गुमाएका र नयाँ रोजगारीका लागि प्रवेश गर्ने हो भने सरकार आफ्ना नागरिकको समुचित व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुग्नेछ । समस्याका पहाड थुप्रिदै गएका र समाधान गर्ने क्षमता प्रदर्शन हुन नसकेकाले खासमा सरकार आफ्नै कारणले अगाडिको लामो यात्रा तय गर्न नसक्ने अवस्थामा पुगिसकेको छ ।

आर्थिक संकट, विदेशबाट रोजगारी गुमाएकाहरु फर्किदा हुने रोग र भोकको हाहाकार, कोरोनाको फैलावटले अब सरकारलाई निकै कठिन दिनको सामना गर्नुपर्ने हुनसक्छ ।  आफ्ना लाखौं कार्यकर्ताहरु भने कुनै न कुनै रुपमा सत्ताबाट लाभान्वित भइरहेकाले आन्तरिक विद्रोह त्यति प्रभावकारी बन्न नसकेको मात्र हो । 

ओली विस्थापनको उपाय  

यी सबै समस्यालाई एकातिर पन्छाएर केपी ओली साना ठूला सबै शक्ति केन्द्रमा कब्जा जमाएर सर्वसत्तावादी शैलीतर्फ अगाडि बढिरहेका छन् । त्यसैले नेकपाका अन्य नेताहरुले उनलाई हटाउनसक्ने देखिँदैन । प्रधानमन्त्री पद नेकपाका एक नेताबाट अर्कोमा जानासाथ समस्या समाधान हुने हैन भन्ने बुद्धिजीवी, नागरिक समाज र सचेत जनतालाई थाहा भएकोले नै पदमा नेता साट्ने कामलाई उनीहरुले त्यति चासो दिएका छैनन् । उनलाई विस्थापित गर्न उनको सरकारको कुशासन, भ्रष्टाचार, सर्वसत्तावादी कार्यशैलीविरुद्ध शासकीय सुधारको बृहत् प्रतिबद्धतासहित पार्टीका अतिरिक्त विपक्षी, नागरिक समाजलगायत ठूलै नागरिक परिचालन आवश्यक छ । 

कालो बादलमा पसेको जहाजबाट तल हेरे नै पनि यस्तो देखिँदैन । यस्तो जहाज सुरक्षित अवतरण हुँदैन । स्वाभाविकरूपमा हुने दुर्घटना हो । र, लाग्छ ओली र दाहालले हाँकेको जहाज त्यही दिशातिर उन्मुख छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro