site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बलिउड हास्यकलाकार जगदीपको निधन

एजेन्सी । बलिउडका प्रसिद्ध हास्य कलाकार जगदीपको ८१ वर्षको उमेरमा निधन भएको छ । बढ्दो उमेरका साथ धेरै रोगसँग लडिरहेका उनको बुधबार निधन भएको हो । 

जगदीप नामले परिचित उनको पूरा नाम सैयद इस्तियाक अहमद जाफरी हो । चार सयभन्दा बढी चलचित्रमा काम गरेका जाफरीले ब्लकबस्टर चलचित्र ‘सोले’ मा निभाएको सुरमा भोपाली निकै चर्चित पात्र थियो । 

Argakhachi Cement Island Ad

उनले बीआर चोपडाको चलचित्र ‘अफसाना’ बाट बालकलाकारका रूपमा अभिनय यात्रा आरम्भ गरेका थिए ।

उनले ‘लैला मजनु’, ‘खिलौना’, ‘आइना’, ‘फिर वही रात’, ‘सुरक्षा’, ‘पुराना मन्दिर’, ‘शहंशाह’, ‘चाइना गेट’, ‘अन्दाज अपना अपना’, ‘बम्बे टू गोवा’, ‘कहीं प्यार ना हो जाए’ लगायत चर्चित चलचित्रमा काम गरेका छन् । 

उनको निधनको खबरसँगै सामाजिक सञ्जालमा थुप्रै बलिउडकर्मीहरुले श्रद्धाञ्जली दिइरहेका छन् । (नवभारत टाइम्स)
 

 

 

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्