site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'पहिले हजारौँ मान्छे सडकमा उत्रिन्थे, अहिले थोरै जुटाउन पनि किन गाह्रो हुँदै छ ?'

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्या समाधानयोग्य रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीसमेत रहेका पौडेलले पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउन सक्ने सामर्थ्य पार्टी नेतृत्वसँग रहेको बताए ।

"आज नेकपा (एमाले)मा हाम्रो काबुभन्दा बाहिर, हामीले समाधान गर्न नसक्ने कुनै समस्या छ जस्तो लाग्दैन । समस्याहरू छन्, तर ती सबै हाम्रो काबुभित्र छन्, समाधान गर्न सक्ने तहभित्रै छन् । अहिलेको पार्टीको नेतृत्वले पार्टीमा देखिएका कुनै पनि समस्याको समाधान गर्न सक्छ," उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यकता रहेको बताए ।

"एक समय थियो जतिबेला पार्टीले आह्वान गर्ने बित्तिकै हजारौँ लाखौँ मान्छे सडकमा उत्रिन्थे । अहिले थोरै मान्छे जुटाउन पनि निकै मिहिनेत गर्नुपर्ने स्थिति सिर्जना भएको छ, किन ? अहिले पार्टी र पार्टी कार्यकर्तामा किन शिथिलताको स्थिति बन्यो भन्ने कुरा अलिकति छलफल र चिन्ताको विषय हो," उनले भने ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्