site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस र जसपाको निष्कर्ष– सरकार असफल, नेकपाको आन्तरिक विवादमा फस्दैनौ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सरकार र मुलुकको अवस्था ठिक नरहेको निष्कर्ष निकालेका छन् । सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच देउवा निवास बूढानिलकण्ठमा भएको छलफलमा सरकार र मुलुकको अवस्था ठिक नरहेको निष्कर्ष निकालेका हुन् ।

देउवा निवास बूढानिलकण्ठमा भएको छलफलमा जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“मुलुकको अवस्था ठीक छैन,” छलफलमा सहभागी नेता महतोले बाह्रखरीसँग भने, “हठात् रुपमा संसद् अधिवेशन अन्त्य गरिएको छ । यस्तो अवस्थामा संसद् बोलाउनुपर्नेमा सरकारले किन अन्त्य गरेको हो ? लोकतन्त्रमा संसद्मा जनताका प्रतिनिधिले आफ्ना कुरा राख्न पाउनुपर्छ ।”

उनले सरकारले कूटनीतिक सम्बन्ध बिगारेको बताउँदै नेकपाभित्रको झगडामा आफूहरु प्रवेश नगर्ने बताए ।

Global Ime bank

“नेकपाको आन्तरिक विवादमा हामी फस्दैनौं,” उनले भने, “हामीबीच नयाँ सरकारका विषयमा कुराकानी भएको पनि होइन तर सरकारले काम गर्न सकेन भन्ने देखेकै कुरा हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement