राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा कांग्रेस निरपेक्ष रहेको बताएका छन् ।
आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि उनले कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसँग पूर्णतः निरपेक्ष रहेको बताएका हुन् ।
प्रवक्ता शर्माले कांग्रेसले कसैलाई पनि सत्ता साझेदारीका लागि ‘हरियो झण्डा’ नदेखाएको पनि प्रष्ट्याएका छन् ।
“नेपाली कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसँग पूर्णतः निरपेक्ष छ । कसैलाई कुनै भ्रम नरहोस्– कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन !,” उनले ट्विट गर्दै भनेका छन् ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७ २०:४८
प्रतिक्रिया दिनुहोस्