site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

संसद् अधिवेशन अन्त्य गराउनु प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ‘आत्मघाती गोल’ बन्न सक्छ । संसद्को चालु बजेट अधिवेशन बिहीवार बिहानको मन्त्रिपरिषद्को सिफारिसमा अन्त्य गरिएको छ । सरकारले सिफारिस गरेलगत्तै राष्ट्रपति कार्यालय संसद् अधिवेशन अन्त्य गरिएको सूचना जारी गरेको छ । विगतमा संसद् अधिवेशन अन्त्य गर्दा सदनका प्रमुखहरू प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग परामर्श गर्ने चलन थियो । यसपटक भने विनापरामर्श संसद् अधिवेशन अन्त्य गरिएको समाचार आएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको सत्ता संघर्ष चर्किँदै गएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीविरुद्ध बहुमत सदस्य ध्रुवीकृत भएका छन् । पार्टीले सरकारबाट हट्न निर्देशन दिने सम्भावना बढ्दै गएकाले प्रधानमन्त्री ओलीले केही न केही कदम चाल्ने अनुमान धेरैले गरेका थिए । तर, यस्तो आत्मघाती मूर्खता गर्लान् भन्ने अनुमान भने बिरलैले गरेको हुनुपर्छ ।

प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा मोर्चाबन्दी भएको थिएन । अहिलेसम्म विपक्षी दलहरूले प्रधानमन्त्री ओलीको जति आलोचना गरे पनि संसद्मा राजीनामा मागेका थिएनन् । अर्थात्, उनको सरकारलाई संसद्बाट कुनै खतरा देखिएको थिएन । यसैले उनको यो कदम पटक्कै सुझबुझपूर्ण र लोकतान्त्रिक भएन । उनलाई पार्टीभित्रबाट प्रहार भएका बेला संसद् रक्षा कवच बन्न सक्थ्यो । उनले संसद्बाट विश्वासको मत लिन सक्थे । उनीमाथि अन्याय भएको भए संसद्लाई सम्बोधन गरेर जनतालाई बताउन पनि सक्थे । यस्ता अभ्यासहरू लोकतान्त्रिक र राजनीतिक पनि हुनेथिए । तर, प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेर अधिनायकवादी चरित्र देखाए । महत्त्वपूर्ण विधेयकहरू थाती रहेकाले मात्र हैन संकटका बेला जनप्रतिनिधिहरूको वैध मञ्च खोसेर प्रधानमन्त्री ओलीले अत्यन्त गलत अभ्यास थालनी गरेका छन् । यसले सबैभन्दा पहिले र धेरै क्षति उनैलाई हुनसक्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीभित्रको आन्तरिक किचलो संसद्मा लगेर २०५१ सालमा नेपाली कांग्रेसले आत्मघाती मूर्खता गरेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रिसले नेपाली कांग्रेसकै ३६ जना सांसदले सरकारको नीति तथा कार्यक्रमलाई विफल तुल्याइदिएका थिए । त्यसको प्रतिशोधमा प्रधानमन्त्री कोइरालाले संसद् भंग गरेर मध्यावधि निर्वाचन गराए । त्यसपछि ओरालो लागेको नेपाली कांग्रेसको जनाधार निरन्तर खुम्चिरहेको छ । प्रधानमन्त्री केपी ओली र नेकपा नेताहरूले भने यसबाट पाठ सिकेको देखिँदैन । यसैले प्रधानमन्त्री ओलीले संसद् भंग गरेर मध्यावधि निर्वाचन गराउने वा आपतकाल लगाउने वा अरू कुनै अधिनायकवादी दुस्साहस गर्ने जोखिम बढेको छ । यसरी संसद्प्रति अविश्वास गरेर एकाएक अधिवेशन अन्त्य गराउँदा उनले सत्तामा रहने नैतिक वैधता गुमाएका छन् । 

अब अरू अधिनायकवादी बाटो रोजे भने मुलुकले ठूलो क्षति भोग्नुपर्ने हुनसक्छ । वास्तवमा लोकतन्त्रमा पनि अँध्यारा खोपीहरूमा गोप्य सहमति गरेर शासन चलाउन खोज्ने प्रवृत्ति अहिलेको संकटको मूल कारण हो । दुई अध्यक्षबीचको सहमति हैन विधिका आधारमा शासन चलाइनुपथ्र्यो । यथार्थमा समय र राजनीति लोकतान्त्रिक भए पनि पात्र र प्रवृत्ति अधिनायकवादी हुँदा अहिलेको संकट उत्पन्न भएको हो । यसको समाधान अधिनायकवादी सुरुङभित्रबाट निस्कन सक्तैन । लोकतन्त्रका मूल्य मान्यता आत्मसात गरेमात्र लोकतन्त्रले रक्षा गर्न सक्छ । यसैले देशलाई संकटका बेला अराजकतातर्फ लैजाने मूर्खता र दुष्टता नगर्न हामी प्रधानमन्त्री केपी ओली र नेकपाका नेताहरूको ध्यानाकर्षण गर्छौँ । महामारीले देशको आर्थिक सामाजिक अवस्था दयनीय भएको बेला नेकपाको प्राथमिकता सत्ताको लुछाचुँडीमात्र भएको जनताले हेरिरहेका छन् भन्ने हेक्का रहोस् ! 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC