site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आश्रममा १० घण्टा खोज्दा पनि भेटिएनन् बम्जन, अदालतमा उपस्थित हुनसक्ने प्रहरी अनुमान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा काठमाडौंबाट खटिएको नेपाल प्रहरीको टोलीले १० घण्टासम्म खोजी गर्दा समेत फेला पार्न सकेन । प्रहरीले बम्जनले प्रयोग गर्ने गरेका दुईवटा सिमकार्डका आधारमा उनको लोकेसन पत्ता लगाएको थियो ।
काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो, काभ्रे, सिन्धुली र विशेष कार्यदलका गरेर करिब डेढ सय प्रहरी बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका थिए ।

अघिल्लो बिहीबार राति २ बजे आश्रममा पुगेर १० घण्टासम्म खोजी गरे पनि उनलाई त्यहाँ प्रहरीले फेला पार्न सकेन । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार उनको मोवाइलका आधारमा लोकेसन पत्ता लगाएर त्यहाँ पुगेको भए पनि घना जंगल भएकाले राति नै उनी त्यहाँबाट जंगल पसेको आशंका छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बम्जनमाथि यौन शोषण र आनी बेपत्ता बनाएको आरोप छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार बम्जनसँग २ वटा सिमकार्ड छन् । उनले बेला बेलामा मात्रै उक्त फोन प्रयोग गर्ने गरेका छन् । बम्जनविरुद्ध ०७६ माघ २३ गते जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएको थियो । 

अब के हुन्छ ?

Global Ime bank

बम्जनमाथि बाल यौन शोषणको मुद्दा दर्ता छ । प्रहरीले यौन शोषण गरेको भनिएकी युवती, उनको परिवारलगायतसँग पनि प्रहरीले सोधपुछ गरेको छ । तर युवती र बुबाको धारणा भने फरक परेको प्रहरी बताउँछ । अदालतमा आफैँ उपस्थित हुन सक्छन् बम्जन ! केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापाका अनुसार बम्जन पक्राउ र मुद्दाको हदम्याद सकिन एक सातामात्रै बाँकी छ । 

उनका अनुसार एक वर्षसम्म अभियुक्त पक्राउ गर्न नसकिएमा प्रहरीले सरकारी वकिलमार्फत अदालतमा मुद्दाको फाइल बुझाउनुपर्ने हुन्छ । त्यसपछि अदालतले वारेन्ट जारी गर्छ । तर एकवर्ष म्याद सकिएपछि बम्जन अदालत उपस्थित हुन सक्ने सम्भावना रहेको प्रहरी अधिकारी तर्क गर्छन् ।  प्रहरीका अनुसार फाइल बुझाइसकेपछि अदालतले अनुमतिबिना प्रहरीले बम्जनमाथि अनुसन्धान गर्न पाउँदैन । आफूमाथि अदालतको अनुमतिबिना अनुसन्धान नहोस् भनेर पनि बम्जन लुकेर बसेको हुन सक्ने प्रहरी अनुमान छ ।

अदालतको अनुमतिमा भने त्यसपछि पनि प्रहरीले अनुसन्धान गर्न सक्छ । फाइल अदालत पुगेर थुनछेक बहस भएमा अदालतको आदेश नै पर्खिनुपर्ने थापाको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !