site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रियताको विषयलाई सस्तो नबनाऔँ : रक्षामन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका छन् । मंगलवार राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका हुन् ।

मन्त्री उप्रेतीले विभिन्न व्यक्तिहरूले बैंकको किस्ता तिर्न नसक्दा र बच्चाहरूको शुल्क तिर्न नसक्दा समेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन आग्रह गरे । उनले आफ्नो मौलिकता, संस्कृति र परम्परामाथि समेत प्रहार गर्ने गरिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताए । 

“राष्ट्रिय अस्मिताको रक्षा र राष्ट्रिय हितको संरक्षणका लागि राष्ट्रको सबै शक्ति र संरचना एकढिक्का भएर उभिन आवश्यक छ । अहिले हाम्रो राष्ट्रिय सुरक्षाको विषय, राष्ट्रियताको विषय कमजोर भएको देखिन्छ। यसको विभिन्न ठाउँमा भएका अभिव्यक्तिलाई हेर्दा बैंकको किस्ता तिर्न नसक्दा पनि राष्ट्रियताप्रति लल्कारेको देखिन्छ । बच्चाहरुको फि तिर्न नसक्दा पनि राष्ट्रियताप्रति लल्कारेको देखिन्छ । यदि फलानो देशले लिएको खण्डमा त हामीले सस्तोमा गाडी चढ्न पाइन्थ्यो भन्ने किसिमको समेत अभिव्यक्तिहरु आउन थालेको छ । कस्तो व्यवस्था गर्दाखेरी त्यस्तो अभिव्यक्तिहरु आउन छोड्छन् ? आफ्नो मौलिकता, संस्कृति, परम्परामाथि प्रहार गर्ने । आफूले मान्दै आएका चिजहरुलाई, आफ्नो इच्छाहरु पुरा नहुँदाखेरी लल्कार्ने । यी विषयहरूलाई कुन तरिकाले जाँदाखेरी राम्रो हुनसक्छ र आफ्नो मौलिकता रहन्छ ? भन्ने विषयमा समितिले पनि निर्देश गरोस्,” उनले भने ।

विगतमा जस्तो सीमामा तरबार लिएर बसेमात्रै राष्ट्रिय सुरक्षा नहुने भन्दै उनले अहिले वातावरण, भोकमरी लगायतका विषयहरूसँग पनि लड्दै राष्ट्रिय सुरक्षा कायम गर्नुपर्ने अवस्था रहेको बताए । उनले सुरक्षाको सवालमा ‘होल अफ द नेसन’को अवधारणाले मात्रै काम गर्ने बताए । 

“देशको सम्पदाहरुको महत्वलाई नबुझ्ने अनि राष्ट्रियतालाई लर्कार्ने । राष्ट्रिय सुरक्षाको विषय आज पहिलाको इतिहासमा जस्तो घोडामा तरबार लिएर घुमाएर बोर्डरमा हिँड्ने मात्रै होइन । आज वातावरणसँग, भोकमरीसँग सम्बन्धित सबै कुराहरूमा अगाडि बढ्नु अपरिहार्य जस्तो देखिएको छ । सुरक्षाको सवालमा होल अफ द नेशनको अवधारणाले मात्रै काम गर्दछ,” उनले भने ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro